पौष १६ गते, २०७५ सोमवार 31st December, 2018 Mon१२:५२:०२ मा प्रकाशित
बैतडी । हिउँदयामको शुरुआत भएसँगै जिल्लाका विभिन्न विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । सुर्नया गाउँपालिका–४ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडामा खानेपानी नहुँदा त्यहाँका विद्यार्थी र शिक्षकले समस्या व्यहोर्नु परेको प्रधानाध्यापक गङ्गादत्त भट्टले बताए ।
करीब ४५० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा पानीको अभावले शौचालय पनि बन्द गर्नुपरेको उनको गुनासो थियो । पानी खानका लागि पनि वडा कार्यालय र स्थानीय व्यापारी कहाँ जानुपर्ने भएकाले पढाइमा बाधा हुने गरेको कक्षा १० मा अध्ययनरत छात्रा लीलावती भाटले बताइन्।
उक्त विद्यालयमा पहिले केयर नेपाल संस्थाले पानीट्याङ्की र धाराको व्यवस्था गरेकामो त्यो बिग्रेपछि करीब आठ वर्षयता पानीको अभाव हुँदै आएको छ ।
यस्तै दोगडाकेदार गाउँपालिका–५ स्थित खोदमनाथ प्राथमिक विद्यालयमा खानेपानी अभाव भएको प्रधानाध्यापक करवीरराम सार्कीले जानकारी दिए । दलित बालबालिका मात्रै अध्ययनरत सो विद्यालयमा खानेपानी ल्याउनका लागि कतैबाट पहल हुन सकेको छैन उनले भने, “विद्यालयमा पानी उपलब्ध गराउन नसक्दा पठनपाठनमा समेत बाधा पुगेको छ ।” सन्तानब्बे बालबालिका अध्ययनरत उक्त विद्यालयमा पानीको अभावमा विद्यालय खाजा कार्यक्रमका साथै विद्यालयको सरसफाइमा समेत असर परेको प्रधानाध्यापक सार्कीले बताए । कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा स–साना बालबालिका पानीको अभाबले भौतारिने हुँदा धेरै टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उनको गुनासो थियो ।
यस्तै पुर्चौडी नगरपालिका वडा ३ नकालीमा पनि खानेपानी अभाव भएको छ । हिउँद शुरु भएसँगै गाउँमा पनि खानेपानीको समस्या शुरु भएको स्थानीय कर्णबहादुर धाँमीले जानकारी दिए । हिउँदमा सबै पानीका मूल सुकेपछि खानेपानीको हाहाकार भएको हो । गाउँमा दुईवटा कुवामात्रै भएको र त्यहाँको पानी स्थानीयवासीलाई नै नपुग्ने सोही स्थान निवासी अनिरुद्र जोशीले जानकारी दिए । वडा नं ३ मा देखिएको खानेपानी समस्या समाधान गर्न गत आर्थिक वर्षमा पुरचौँडी नगरपालिकाले रू तीन लाख ५० हजार उपलब्ध गराएको थियो ।
यसैगरी ठूलीगाड सिराड पन्तनकाली खानेपानी योजनाका लागि विनियोजन गरिएको रकम पनि पाइप खरीद र आधाजति पाइप विच्छयाउने काममात्रै भएको उनले बताए । योजना अपुरो भएकाले खानेपानी उपलब्ध हुने स्थानीयवासीको आशा निराशामा परिणत भएको छ । यस्तै पानीको अभावमा विणेश्वर माविको शौचालय प्रयोग हुन सकेको छैन । यस्तै पानीको अभावमा स्थानीय प्रसूति सेवा केन्द्रले प्रदान गर्ने सेवामा समेत समस्या भइरहेको बताइएको छ । रासस
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: