Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

पत्रकार आचारसंहिता डिजीटल संवाद सम्पन्न, हावादारी कुरालाई प्राथमिकता नदिन रक्षामन्त्रीकाे आग्रह

काठमाडौँ। रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारहरुले सदैव बिषय र मुद्दाको आधारमा ठीकलाई ठीक र बेठीकलाई बेठीक, बस्तुनिष्ट, गुण-दोषको आधारमा छुट्टाई जनतामा सत्य कुरा पु¥याउनुपर्नेमा जोड दिए ।  प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको संयोजनमा आइतवार राजधानीमा आयोजित पत्रकार आचारसंहिता डिजीटल संवाद कार्यक्रम उक्त कुरामा जोड दिएको हो । साथै उनले ठूल्ठूला आयोजनामा बस्तुनिष्ठभन्दा कुनै सेन्टरबाट आएको हावादारी कुरालाई प्राथमिकता नदिऔ । तर कमजोरीहरू केलाउनु, समाज बिकासको क्रममा विभिन्न क्षेत्रमा परेको प्रभाव पत्रकारमा पनि परेको हुन सक्छ धारणा राख्दै अहिले प्रणालीमा परिवर्तन, सरकारमात्र होइन शासनसत्ता परिवर्तन भएको अवस्था रहेको प्रष्ट पारे । प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाबिन्दु तुलाधरले पत्रकार आचारसंहितासम्बन्धि कार्यपत्र प्रस्तुत गरेका ।  प्रस्तुत कार्यपत्रमा काउन्सिलको संक्षिप्त परिचय, अनुगमनको अवस्था, कामकारबाहीबारे जानकारी, २४ सै घण्टा मिडियाको अभिलेखिकरण र सोको अनुगमन, डिजिटल काउन्सिल बनाउने अभियानमा छौं रहेको बताउँदै नुवाकोटबाट यसप्रकारको संवाद शुरू गर्ने बताए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले प्रेस काउन्सिलको गतिबिधि एवं कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणी सुवेदीले प्रेस चौतारी र प्रेस सेन्टरबीच समायोजन भै प्रेस संगठन भैसकेको अवस्था हो,जिम्मेवारी बाडफाड मात्र बाँकी रहेको बताउँदै श्रमिकमैत्री पत्रकारिता गर्नुपर्ने, श्रमिक मैत्री नभएको होकि भन्ने आशङ्का भएको धारणा राखे । उनले भने –‘नेपालमा जम्माजम्मी १० हजारको संख्यामा पत्रकार कृयाशील छौ होला, काठमाडौ शाखामा १४०० सय सदस्यमध्ये साधारण सभामा डेड सयको हाराहारीमा उपस्तिथि हुनु आश्चर्यलाग्दो कुरा भएको धारणा राखे । सो कार्यक्रममा ३ नम्बर प्रदेश नीति तथा योजना आयोगका सदस्य तथा पत्रकारिता गर्दै आएका श्याम बस्नेत, वरिष्ठ पत्रकार देबेन्द्र चुडाल , लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय संजालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस काउन्सिल सदस्य इश्वरीप्रसाद ओझा , त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जीवी खनाल प्रेस काउन्सिल नेपालका सदस्य एवं काठमाडौ शाखाकापूर्व अध्यक्ष गोबिन्दप्रसाद चौलागाईंलगायतले पत्रकार आचारसंहिता सम्बन्धी आ–आफ्नो धारणा राखेका थिए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending