Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

घरबास सञ्चालनका लागि कस्सिए स्थानीयवासी

दमौली । तनहुँको भिमाद नगरपालिका–९ स्थित पाथर्दीमा घरबास सञ्चालनका लागि स्थानीयवासी जुटेका छन् । घरबासमार्फत् ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँका स्थानीय घरबास सञ्चालनका लागि जुटेका हुन् । यस ठाउँका १० घरमा फागुनभित्र घरबास सञ्चालन गर्ने लक्ष्य राखिएको स्थानीय शिवकुमार आलेले जानकारी दिए । घरबास सञ्चालनका लागि नगरपालिकाले स्थानीयवासीलाई तालीमको आयोजना समेत गरेको छ । आइतबारबाट शुरु भएको घरबास व्यवस्थापन तालीम पुस २९ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौंस्थित एपेक्स म्यानेजमेन्ट कन्सल्टेन्सीको सहकार्यमा शुरु भएको तालीममा स्थानीयवासीलाई खानाको परिकार बनाउने तरिका, बोलीचालीका भाषा, संस्कृति, सरसफाइ र घर व्यवस्थापनको बारेमा जानकारी दिइने प्रशिक्षक घनश्याम गिरीले जानकारी दिए । तालीममा ३० जना स्थानीयको सहभागिता रहेको छ । यहाँका १० घरका २० कोठामा घरबास सञ्चालनको तयारी थालिएको छ । नगरपालिका–९ का वडा अध्यक्ष इमान थापाले पाथर्दीमै रहेको इन्द्र झरनामा क्यानोनिङ (छाँगावरोहण) र घरबास एकैसाथ शुभारम्भ गर्न लागिएको बताए । ‘घरबास सञ्चालनका लागि १० घरमा २० वटा कोठा तयार हुुँदैछ,’ वडाध्यक्ष थापाले भने, “क्यानोनिङसँगै घरबास शुरुआत गर्दैछौँ ।” झरनामा व्यावसायिक क्यानोनिङ सञ्चालनका लागि समेत तालीमको आयोजना गर्न लागिएको भन्दै उनले भने, “झरनामा क्यानोनिङका लागि आउने पर्यटकलाई राख्न यस ठाउँमा सुविधा छैन । त्यसैकारण पनि यहाँ घरबासको आवश्यकता थियो ।” इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण भएपछि वडाले व्यावसायिकरूपमा क्यानोनिङको समेत शुरुआत गर्दैछ । क्यानोनिङ सञ्चालनका लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समेत चासो व्यक्त गर्दै आएका छन् । नगरपालिका–९ ले वडालाई नमूना वडा बनाउन ‘ड्रिम प्रोजेक्ट’ अगाडि सारेको छ । कृषिसँग जोडेर पर्यटनको विकास गर्ने उद्देश्यसहित यस ठाउँमा बाख्राको स्रोत केन्द्र समेत स्थापना गरिएको छ । यस ठाउँलाई क्यानोनिङ गन्तव्यको रूपमा विकास गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने भएकोले यसको पूर्वाधार निर्माणमा जोड दिइने वडा अध्यक्ष थापाले बताए । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending