Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

नेपाली जुत्तामा आकर्षण

काठमाडौं । नेपाली जुत्ताचप्पलमा आकर्षण बढ्दै गएको छ। उपभोक्ताले स्वदेशी जुत्ता आकर्षित हुँदै गएका छन्। नेपाली जुत्ता चप्पल सुविधाजनक र गुणस्तर हुने भएकाले स्वदेशी उपभोक्ता आकर्षित हुँदै गएका हुन्। रन सुजका सञ्चालक रुद्र न्यौपानेले विदेशी देख्दा राम्रो देखिए पनि सजिलो र गुणस्तरणयुक्त नहुने बताए। ‘पछिल्लो समय स्वदेशी जुत्तामा आकर्षण बढ्दै गएको छ’, उनले भने, ‘विस्तारै आयात घटी निर्यात हुने क्रममा छ।’ नेपाली उत्पादन र ब्रान्डप्रति आकर्षण बढ्दै गएपछि जुत्ता उद्योगीले लगानीसमेत बढाउँदै गएका छन्। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - हिमाली टाइगर सुज एन्ड सिल्भर प्रालिका डाइरेक्टर शंकर गौतमले प्रदर्शनीले ब्रान्डिङको काम गर्ने बताए। प्रदर्शनीले उपभोक्तासँग प्रत्येक्ष गफगाफ गराउने भएकाले आगामी दिनमा सजिलो हुने उनको भनाइ छ। सात दिन बेचेर वर्षभरि कर्मचारी पाल्न नपुग्ने भन्दै अरु बेला वितरकबाट जुत्ता बिक्री हुँदा प्रत्येक्ष भेटघाट नहुने हुँदा यसले सजिलो बनाउने उनले बताए। प्रालिले टियु, इभा, हवाइ ब्रान्डका जुत्ता उत्पादन गर्दै आएको छ। यसले दैनिक हजारदेखि एक हजार दुई सय जोर जुत्ता उत्पादन गर्ने गरेको उनले जानकारी दिए। पछिल्लो समयमा नेपाल आत्मर्निभर उन्मुख छ। करिब पाँच वर्षभित्र नेपाल जुत्तामा आत्मनिर्भर हुन सक्ने उद्योगीको भनाइ छ। स्वदेशी उत्पादनले ६५ प्रतिशत धानिरहेको छ। अहिले एक हजार पाँच सय जुत्ता उद्योग सञ्चालनमा छन्। फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका महासचिव एवम् संयोजक नवराज गौतमले जुत्तामा नेपाल छिट्टै आत्मनिर्भर हुन सक्ने बताए। प्रर्दशनीले उद्योगी र व्यवसायीको प्रत्यक्ष भेटघाट हुने उनको भनाइ छ। ब्लाक हर्स सुजका प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले पछिल्लो समयमा कच्चा पदार्थ र दक्ष कालिगदको समस्या रहेको बताए। चार वर्ष स्थापना भएको प्रालिले सबैलाई लक्षित गरी जुत्ता उत्पादन गर्र्दै आएको बताए। सबै भेराइटीका जुत्ता उत्पादन गर्र्दै आएको ब्लाक हर्सले लेडिज जुत्ता पनि उत्पादन सुरु गरेको छ। ‘जुत्ताचच्पल प्रदर्शनीले बजारीकरणमा सजिलो बनाउने उनले बताए। छोटो समयमा धेरैले मन पराएको उनको भनाइ छ। यसले दैनिक चार सय जोर जुत्ता उत्पादन गर्दै आएको छ। थपिँदै उद्योग र लगानी नेपालमा जुत्ता उद्योग थपिँदै गएका छन्। लगानी पनि क्रमशः बढ्दै गएको छ। देशभर एक हजार पाँच सय जुत्ता उद्योग सञ्चालनमा छन्। ती उद्योगमा ३० अर्ब लगानी भएको छ भने ५० हजारले रोजगारी गर्दै आएका छन्। आर्थिक वर्ष २०७४÷०७५ मा मात्र नेपालमा चार अर्ब २५ करोड ६८ लाख ७७ हजार पाँच सय ३६ रुपैयाँ बराबरको चार करोड एक लाख ६४ हजार चार सय थियो। नेपालमा उत्पादित एक अर्ब २८ करोड ५० लाख चार हजार आठ ८४ रुपैयाँ बराबरको एक करोड २१ लाख ६५ हजार सात सय ३७ जोडी जुत्ता चप्पल निर्यात भएको थियो। माग भएको संख्या र निर्यात भएको संख्यामा आयातित संख्या घटाउँदा आव २०७४÷२०७५ मा नेपालमा करिब पाँच करोड २० लाख एक हजार तीन सय दुई जोडी (६५ प्रतिशत) जुत्ता, चप्पल आन्तरिक रूपमा उत्पादन भएको हो। सञ्चालनमा रहेका १५ सय उद्योगले वार्षिक १२ करोड जोर जुत्ता चप्पल उत्पादन गर्न सक्ने क्षमता रहे पनि यी उद्योग पूर्णक्षमतामा सञ्चालनमा छैनन्। सञ्चालनमा आएका उद्योगले दैनिक दुई सयदेखि २५ हजार जोरसम्म जुत्ता, चप्पल उत्पादन गर्दै आएका छन्। नेपालमा प्रतिव्यक्ति वार्षिक २.६६ जोर विभिन्न प्रकारका जुत्ता चप्पल खपत हुने गरेको छ। नेपालको जनसंख्याका आधारमा आठदेखि १० करोड रुपैयाँ जोडी विभिन्न प्रकारका जुत्ता चप्पलको माग छ। यस्तै छालाजन्य ज्याकेट, बेल्ट, पर्स, जेन्स तथा लेडिज ब्याग, कि रिङ, कि व्यागलगायत माग बढ ेपनि स्वदेशमा उत्पादन हुन सकिरहेको छैन। नेपाली उत्पादन र ब्रान्डप्रति आकर्षण बढ्दै गएपछि जुत्ता उद्योगीले लगानीसमेत बढाउँदै गएका छन्। तथ्यांकअनुसार नेपालमा ठूला तथा मझौला उद्योग दुई सय २१, लेडिज चप्पल मात्र उत्पादन गर्ने एक सय ४० उद्योग दर्ता भएका छन्। यस्तै संगठित÷असंगठित परम्परागत पेसामा आधारित लघु उद्योगको संख्या पनि उल्लेख छ। यस्ता उद्योग ६ सय ४० वटा छन्। फेल्ट तथा ह्यान्डिक्राफ्मा आधारित पाँच सय उद्योग छन्। २० वर्षअघि सरकारी स्वामित्वमा सञ्चालित बाँसबारी छाला जुत्ता कारखाना निजीकरण भएपश्चात जुत्ता उद्योग फस्टाउने क्रम सुरु भएको हो। पछिल्लो समयमा जुत्ता उद्योग क्षेत्रमा आकर्षण अझ बढ्दो क्रममा रहेको उद्योगी त्रिलोक श्रेष्ठले बताए। श्रेष्ठका अनुसार, नेपाली जुत्ता उद्योगले आफ्ना उत्पादन मूल्य तथा डिजाइनका आधारमा विविधीकरण गरिरहेका छन्। जुत्ता उद्योगमा नयाँ पुस्तासमेत आकर्षित भएको उनको भनाइ छ। परम्परागत डिजाइनलाई समेत जगेर्ना गर्दै जुत्ता उद्योगले सीपयुक्त जनशक्तिका लागि समेत रोजगारी सिर्जना गरिरहेको छ। कच्चा पदार्थको उद्योग स्थापना हुन सके थप ५० हजार रोजगारी सिर्जना हुने उनले जानकारी दिए। दक्ष जनशक्ति उत्पादन गर्न तालिम जुत्ता उद्योगीले दक्ष जनशक्ति नपाउँदा समस्यामा छन्। उनीहरूले भारतबाट कालिगढ मगाएर उद्योग धान्न बाध्य छन्। पछिल्लो समयमा तालिम दिएर जक्ष जनशक्ति उत्पादन गर्दै आएका छन्। एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद फुँयालले दक्ष जनशक्तिकोे अभावका कारण उत्पादन बढाउन नसकिएको बताए। उनले दक्ष जनशक्ति उत्पादन गर्न तालिममा प्राथमिकता दिएको जानकारी दिए। कच्चा पदार्थ नपाइँदा समस्या कच्चा पदार्थ नपाउँदा जुत्ता उद्योगी समस्यमा छन्। उद्योगी पछिल्लो समयमा कच्चा पर्दाथमा लगानी बढाउने योजना बनाएका छन्। एसोसिएसनका अध्यक्ष फुँयालका अनुसार जुत्ता उद्योग पर्याप्त मात्रामा भए पनि कच्चा पर्दाथ उद्योग स्थापना हुन नसकेको बताए। उनले अब कच्चा पदार्थ उत्पादनमा जोड दिइने बताए। ‘यस क्षेत्रमा आत्मनिर्भर हुन कच्चा पदार्थ उत्पादनमा जोड दिन आवश्यक छ’, उनले भने। सामान्यतयाः एक जोर जुत्तामा ५० देखि ५५ जोर प्रकारका कच्चा पदार्थ प्रयोग हुन्छ। अहिले ७५ प्रतिशत देखि ९० प्रतिशतसम्म कच्चा पदार्थ बाहिरबाट आयात भइरहेको छ। अध्यक्ष फुँयालका अनुसार लेदरको आयातको विकल्प नभए पनि सम्भव भएसम्म नेपालमै कच्चा पदार्थ उत्पादन गर्ने उनीहरूको सोच छ। खसीबाख्रा छाला प्रयोग गरी कच्चा उद्योग स्थापना गर्न सकिने सम्भावना भएले यसतर्फ उद्योगीले लगानी गर्न आवश्यक छ। उनले भने, ‘कच्चा पर्दाथ उत्पादन तथा प्रशोधन गरी आयात घटाउन सके आत्मनिर्भर हुन सकिन्छ।’ नेपाली जुत्तामा आकर्षण यसैबीच भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण बढ्दै गएको छ। मेलामा जुत्ता चप्पल खरिद गर्न र अवलोकन गर्नेको संख्या बढ्दै गएको उद्योगीको भनाइ छ। ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नाराका साथ सुरु भएको प्रदर्शन १९ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ। प्रदर्शनीमा देशभरका साना, मझौला एवं ठूला उद्योगद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको सबै उत्कृष्ट उत्पादन एउटै छानामुनि उपलब्ध छ। ११ वटा प्रायोजकका एक सय ९१ वटा स्टल रहेकोे आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ। प्रदर्शनीमा उद्योगले प्रयोग गर्ने कच्चापदार्थसमेत प्रदर्शनीमा राखेका छन्। विदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने उद्देश्यले सञ्चालित यस किसिमका औद्योगिक प्रदर्शनीले नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको बजार प्रवद्र्धन हुनुका साथै आयात प्रतिस्थापनलाई न्यूनीकरण गरी निर्यात प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा आयोजकको छ। जुत्ता, चप्पल र अन्य वस्तुमा १५ प्रतिशतसम्म छुट छ। छालाका जुत्ता, स्पोर्टस् जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस् तथा लेडिज चप्पल एवं यस उद्योगसँग सम्बन्धित कच्चा पदार्थ तथा फुड स्टल छन्। प्रदर्शनीमा अशक्तता तथा ज्येष्ठ नागरिक, स्कुल तथा कलेजबाट अवलोकनका लागि युनिफर्ममा आउने विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था छ। राष्ट्रिय पोसाक लगाएर आउनेलाई पनि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। नेता र कलाकार पनि सहभागी गत शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक तथा उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको छ। प्रदर्शनी सेलिब्रेटी, मन्त्री, सांसद तथा राजनीतिक दलका नेताले पनि अवलोकन गरेका छन्। प्रदर्शनी मंगलबारसम्म ८० हजारभन्दा बढीले अवलोकन गरेका छन्। सांसद पम्फा भुसाल, विरोध खतिवडा, कोमल ओली, टोखा नगरपालिकाका मेयर प्रदर्शनीस्थल भृकुटीमण्डपमा पुगेका थिए। रक्षामन्त्री ईश्वर पोख्रेल, अभिनेत्री सञ्चिता लुइँटेल, प्रियंका कार्की, महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र मिस नेपाल शृंखला खतिवडाले मेला अवलोकन गरिसकेका छन्। यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले समेत प्रदर्शनी अवलोकन गरेका छन्। प्रदर्शनीमा विभिन्न ब्रान्डका स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनीमा उपभोक्तालाई १० देखि १५ प्रतिशतसम्म छुटसमेत दिइएको गौतमले बताए। संयोजक नवराज गौतमले यस पटक व्यापारभन्दा पनि प्रदर्शनीलाई ‘फोकस’ गरिएको बताए। ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूल नाराका साथ जारी प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठूला उद्योगद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुका उत्कृष्ट उत्पादन राखिएका थिए। मेलामा ११ वटा प्रायोजकको भव्य पेभिलियनसहित एक सय ९१ वटा स्टल छन्। उत्पादन बढाउने सोचमा छौं नवराज गौतम, संयोजक, १५ औं राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी बिक्रीभन्दा पनि ब्रान्डिङका लागि हो। यसपालिको जुत्ताचप्पल प्रदर्शनीमा उपभोक्ता र व्यापारीको उपस्थिति राम्रो छ। राजनीतिक दल, मिस नेपाल, कलाकारको उपस्थिति बढेको छ। उहाँहरूले प्रदर्शनीलाई अन्तर्राष्ट्रिय बजारमा हेरेको महसुस भएको प्रतिक्रिया दिए। अहिले हाम्रो मुख्य समस्या कालिगढ हो। दक्ष कालिगढ पाउन समस्या छ। यस्तै बैंकिङ क्षेत्रबाट पनि सर्वसुलभ ऋण पाउन प समस्या छ। अहिले वार्षिक २.६६ जोर जुत्ता खपत हुन्छ। माग, आयात र निर्यातको तुलना गर्दा ६५ प्रतिशत स्वदेशी उत्पादनले माग धानेको छ। हामी क्रमिकरूपमा यसको मात्रा बढाउँदै लगेका छौं। पाँच वर्षभित्र पूर्णतया आयात रोक्न सकिन्छ। अहिले जुत्ता उद्योग १५०० छन्। एक जोर जुत्ता बनाउन ५० देखि ५५ प्रकारका वस्तु चाहिन्छ। धेरैजसो कच्चा पदार्थ बाहिरबाट आइरहेको अवस्था छ। पछिल्लो समयमा पीपीसी सोल, पियु सोल उत्पादन बढ्दै छ। रबर उद्योग पनि खेती हुँदै छ। नेपालमै बृहत उत्पादन हुँदै गएको छ। केही उद्योग फ्याक्ट्री लगाउन तयारी अवस्थामा छन्। चप्पलमा लाग्ने रेजिन नेपालमै उत्पादन सुरु भएको छ। कुनै समय कच्चा पदार्थ आयातमै निर्भर हुने समस्याबाट पछिल्लो समय सर्वसुलभ हुँदै गएको छ। कच्चा पदार्थ विस्तारै बढ्दै गएपछि कच्चा पदार्थमा पनि आत्मनिर्भर हुन सकिने सम्भावना रहन्छ। पुराना उद्योगले पनि कच्चा पदार्थ उत्पादन गर्न थालेका छन्। अब थपिने उद्योग पूर्णरुपमा कच्चा पदार्थमा लाग्नुपर्छ। नेपालमा भैंसीको छाला मात्र पाइन्छ। भेडाबाख्राको छाला मासुसँग खाइरहेका छौं। यसलाई उपभोग गर्ने मेकानिजम बनाउनुपर्छ। लेदरका लागि गाईको छाला चाहिन्छ त्यो बाहिरबाट आइरहेको छ। छाला उद्योग उत्पादन बढाउनुपर्ने अवस्था छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy