काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताएको छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।
उनले आफूहरू फेरिएको स्वास्थ्य मन्त्रालय नभई सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी अघि बढेको बताए । उनले टिप्पणी रहित स्वास्थ्य मन्त्रालय बनाउन सक्नुपर्ने धारणा व्यक्त गरे। उनले स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभावकारिता बढेको महसुस गराउन सक्नुपर्ने उल्लेख गरे ।
उनले भने, ‘‘फेरिएको स्वास्थ्य मन्त्रालय मैले भन्न खोजेको होइन, सुधारिएको स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । टिप्पणीरहित स्वास्थ्य मन्त्रालय हामीले बनाउन सक्नुपर्छ । स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभावकारिता बढेको महसुस हामीले गराउन सक्नुपर्छ । त्यसपछि लोकतन्त्र आएको, समाजवाद लागू भएको अनुभूति गर्नसक्छौँ ।’’
स्वास्थ्यमन्त्री पौडेलले आपसमा समन्वय गरेर उपचार प्रणालीलाई व्यवस्थित गर्ने र सीमित श्रोत सधानभित्र प्रभावकारी बनाउने गरी काम गरिरहेको उल्लेख गरे। उनले निजी स्वास्थ्य संस्थाहरूले पनि नाफाको दृष्टिकोणले मात्रै काम गर्न नहुने बताए।
मन्त्री पौडेलले भने, ‘‘स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी लिनुभएका व्यक्तिहरूलाई समाजले फरक ढङ्गबाट बुझ्न सक्नुपर्छ । मलाई मेरो पीडा मुक्त गरिदिने मान्छे हो भनेर । यसले देशको सेवा गरिरहेको छ । यसले समाजमा धेरै ठुलो योगदान पुर्याएको छ । स्वास्थ्य मन्त्रालयमा जिम्मेवारमा रहेका हरेकले शिर निहुराएर, समाजले त्यसरी बुझ्ने पहिचान बनाएर जान सक्नुपर्छ ।’’
मन्त्री पौडेलले एक लाखको बिमालाई पाँच लाख पुर्याउने, श्रोतको पक्षबाट बिमा बोर्डलाई सुनिश्चित गर्ने काममा लागिरहेको बताए। उनले आयुर्वेद वा वैकल्पिक चिकित्साको सन्दर्भमा उत्पादन गर्ने संस्था अत्यधिक घाटामा रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८३ - १५:३८
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख महेन्द्र कुमार दासविरुद्ध विशेष अदालत का...
बैशाख २८ गते, २०८३ - १५:३०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले सरकारले अध्यादेश ल्याउने संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ। ...
बैशाख २८ गते, २०८३ - १५:०९
काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा विद्यार्थी संगठनहरूमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अने...
बैशाख २८ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसले सांसदलाई भ्रष्टाचार मुद्दामा विशेष छुट दिने गरी गरिएको कानुनी व्यवस्थामाथि प्रश्न उठाएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा...
बैशाख २८ गते, २०८३ - १४:५२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) का सांसद जगदीश खरेल ले आफूविरुद्ध लगाइएका आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै प्रमाण...
बैशाख २८ गते, २०८३ - १४:३०
काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ । केहीबेरअघि सुरु भएको बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेप...
बैशाख २८ गते, २०८३ - १४:१४
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार मिडियालाई कमजोर होइन, बलियो बनाउनेतर्फ प्रतिवद्ध रहेको बताएको छन्। नेपाल पत्...
बैशाख २८ गते, २०८३ - १३:५२
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गरी त्यसलाई व्यवस्थित र जनमैत्री बनाउने तयारी भइरहेको बताए...
बैशाख २८ गते, २०८३ - १३:३८
सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका –२, राइटरखोरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । दुर्घटनामा साइकलयात्री सोही ठाउँका ६५ वर्...
बैशाख २८ गते, २०८३ - १३:२३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली ...


प्रतिकृया लेख्नुहोस्: