Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

यसरी नाति बज्यै सँगै स्कुल जान्छन्

तेह्रथुम । ‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण बन्नुभएको छ आठराई गाउँपालिका–१, साविक सङ्क्रान्ति बजार–९, पुरानागाउँकी ४५ वर्षीया सानुमाया नेपाली । पढ्ने उमेरमा विद्यालय टेक्नसमेत नपाएपछि सानुमाया अहिले पाँचवर्षे नातिसँगै विद्यालय जाने गर्छिन् । दुई वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले कक्षा–३ मा पढ्दै छिन् । नाति वसन्त कक्षा–१ मा पढ्छन् । उनी भन्छिन्, “पढ्ने उमेरमा पढ्न पाइन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सद छु, पढ्ने इच्छा पूरा गर्न विद्यालय जाँदैछु ।” लेखपढ गरेपछि केही नभए आफ्नो नाम लेखेर सही गर्न सजिलो हुने उनको बुझाइ छ । ‘सही गर भनेर लगाउँछन्, आफूलाई आउँदैन,” उनी भन्छिन्, “हात समातेर ल्याप्चे लगाउँदा कस्तो ठाउँमा ल्याप्चे लगाएँ रु भन्ने शङ्का पनि हुन्छ ।” उनलाई विद्यालय गएर किताब पढ्न, मनमा लागेका कुरा लेख्न र पढ्न सक्ने हुने मन छ । उमेरमा पढ्न नपाएकोप्रति उनलाई पछुतो छ । शुरुमा प्रौढ कक्षा गएकी सानुमाया अहिले विद्यालय जान थालेकी हुन् । ‘‘गाउँमा प्रौढ कक्षा सञ्चालन हुँदा दुई घण्टामा केही सिकिएनँ’’, उनले भनिन्, “त्यही भएर विद्यालय नै जाउ, पढ भन्ने सल्लाह सबैले दिएपछि आउन थालेकी हुँ ।” कक्षामा नातिनातिना उमेरका बालबालिकासँग खेल्दै पढ्दै गर्न निकै रमाइलो हुने तर गृहकार्य गर्न नजान्दा लाज हुने गरेको उनले बताइन् । सानुमाया नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक हरिप्रसाद लामिछानेले बताए । सानुमाया हरेक दिन हातमा सानो नानीले बोक्ने झोला बोकेर नातिसँगै स्कुल गइरहन्छिन् । तर उनलाई आफू पढ्न भन्दा पनि नातिलाई पु¥याउन गएको भनेर सोच्ने पनि छन् । सानुमायाका तीन छोराको विवाह भइसकेको छ । ‘‘छोरा हुर्किए, विवाह पनि गराइदिएँ, नाति पनि पढ्दैछन्’’, उनी भन्छिन्, “तर पनि मन ग¥यो भने केही कुरा सिक्न सकिन्छ भन्ने लागेर स्कुल जान थालेकी हुँ ।” स्कुल जान थालेपछि उनलाई अहिले वर्ण, मात्रासँगै नाम लेख्न, पढ्न आउन थालेको छ । उनको मेहनतले छिट्टै सफलता मिल्ने शिक्षक उमानाथ भण्डारी बताउछन् । उनलाई अहिले देउराली सोसाइटी नामक संस्थाको सहजीकरणमा चलिरहेको स्थानीय अधिकार कार्यक्रमले अझै हौसला प्रदान गरेको छ । दुर्गम गाउँका महिलालाई समूहमा आवद्ध गराई विभिन्न अधिकारका कुराबारे जानकारी गराउने अभियान चौतारीमा पुराना गाउँमा चलिरहेको छ । सानुमाया पनि अभियान चौतारीमा गएर छलफलमा सहभागी हुने गरेकी छिन् । यहाँको आदर्श अभियान चौतारीमा हरेक महीनाको दुई पटक छलफल हुन्छ । अभियान चौतारीमा महिला अधिकार, दलित अधिकार, भूमि अधिकार, शिक्षा अधिकार लगायतबारे थाहा पाउने भएपछि सानुमाया जस्ता थुप्रै महिलाले सिक्ने अवसर पाएको सदस्य सुुशीला मग्रान्तिले बताए । ‘‘अभियान चौतारीमा शिक्षा अधिकारबारे छलफल हुँदा अरु महिलालाई पनि सानुमाया जस्तै विद्यालय गएर पढ्न प्रोत्साहन गरेका छौँ’’ स्थानीय सामाजिक परिचालक सीता निरौलाले भनिन् । गाउँका महिलाहरुमध्ये अधिकांश निरक्षर छन् । तर इच्छा हुनेले साक्षर बन्न चाहे अभियान चौतारी मार्फत सजिलै विद्यालयसम्म पुग्ने वातावरण सिर्जना गरिदिने उनले बताइन् । जिल्लालाई गतवर्ष नै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । तर अहिले पनि साक्षरोत्तर कक्षाहरु गाउँ–गाउँमा सञ्चालन भइरहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लीलानाथ पोखरेलले इच्छा शक्ति भए जुनसुकै बेला पनि विद्यालय गएर शिक्षा हासिल गर्न सकिने बताए । ‘‘ज्ञान कहिल्यै बुढो हुँदैन’’, उनी भन्छन्, ‘‘त्यसैले ज्ञान सिक्न पनि उमेरले छेक्दैन ।’’

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy