Ntc summer Offer
Khabar Dabali ८ कार्तिक २०८१ बिहीबार | 24th October, 2024 Thu
Investment bank

मन्दिरमा महिला प्रवेश गर्न लाग्दा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

भारत। भारतको एउटा मन्दिरमा महिलाहरू प्रवेश गर्न लाग्दा बुधबार झडप भएको छ । परम्परागतरूपमा महिलालाई निषेध गरिएको सो मन्दिरमा परम्पराविपरित प्रवेश गर्न लागेको भन्दै अवरोध भएपछि झडप भएको हो । अदालतले मन्दिरमा प्रवेश गर्न दिनुपर्ने आदेश केही समय पहिले दिएपछि अहिले महिलाहरू मन्दिर प्रवेश गर्न खोजे पनि स्थानीयले प्रवेश गर्न नदिएको समाचारमा जनाइएको छ । झडपलाई रोक्नका लागि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो भने झडपका क्रममा दुवैतर्फका केही घाइते भएका छन् । भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा रहेको सबरीमाला मन्दिरमा महिलाहरूलाई पनि प्रवेश गर्न दिन सर्वोच्च अदालतले गत सेप्टेम्बरमा फैसला गरेको थियो । सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न नदिइने परम्परा गलत भएको अदालतको ठम्याई थियो । रजस्वला हुँदा अपवित्र हुने मान्यताका कारण महिलाहरूले धार्मिक कार्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न हुँदैन भन्ने प्रचलन रहेको छ । सो प्रचलनबाट लैङ्गिक भेदभाव भएको भन्दै मुद्दा परेपछि अदालतबाट मन्दिर प्रवेशमा निषेध गर्न नपाइने फैसला गरेको हो । फैसला सुनाउँदै भारतका प्रधानन्यायाधीश दीपक मिश्रले ’प्रतिष्ठा र परिचयका लागि धर्म’ भएको भन्दै ’धर्मको अनुशरण गर्ने अधिकार महिला पुरुष दुवैलाई बराबर भएको’ उल्लेख गरेका थिए । तर मिश्रको नेतृत्वमा बसेको पाँच सदस्यीय संवैधानिक इजलासमा रहेकी एक मात्र महिला न्यायाधीश इन्दु मलहोत्राले भने यस फैसलामा असहमति जनाएका थिए । उनको असहमतिका बाबजुद बहुमतका आधारमा यो फैसला भएको हो । गहिरो धार्मिक भावना भएका विषयमा अदातलले हस्तक्षेप गर्न नहुने र अदालतको हस्तक्षेपले अन्य धार्मिक विषयमा पनि असर पर्नसक्ने मलहोत्राकोे भनाइ छ । सबरीमाला भगवान अयप्पाको मन्दिर हो र उहाँ ब्रह्मचारी हुनुहुन्थ्यो, त्यसैले रजस्वला भएका महिलालाई त्यहाँ प्रवेश गर्न दिनु हुँदैन भन्ने मान्यता रहेको बताइन्छ । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy