Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

उत्कृष्ट युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गर्ने भएको छ । एन्फाले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रिय टोलीका पूर्वकप्तान स्वर्गीय शाहको स्मृतिमा सो पुरस्कार प्रदान गर्न लागिएको जनाएको हो । अवार्ड प्राप्त गर्ने खेलाडीले रु एक लाख प्राप्त गर्नेछन् । शाहको गत वैशाखमा निधन भएको थियो । शाहजस्तो उत्कृष्ट खेलाडीको नाममा पुरस्कार स्थापना गर्दा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने एन्फाले जनाएको छ । शाहले आफ्नो खेल जीवनमा नेपाली फुटबललाई सम्झना दिलाउने गरी थुप्रै सफलता दिलाएका थिए । त्यसमध्ये सन् १९९३ मा दक्षिण एशियाली फुटबलमा नेपालले स्वर्ण जित्दा उनले गरेको ‘फ्रि किक गोल’को चर्चा अहिले पनि उत्तिकै हुने गरेको छ । उक्त अन्तिम चरणमा उक्त खेलमा २–१ ले पछि परेको नेपाललाई मणिले खेल सकिन ३० सेकेण्ड बाँकी रहँदा फ्रिकिक मार्फत गोल गरेपछि नेपालले भारतलाई बराबरीमा रोक्नाका साथै ‘पेनाल्टी सुटआउट’मा भारतलाई पराजित गर्न सफल भएको थियो । नेपाली राष्ट्रिय टोलीबाट सन् १९८५ बाट १९९८ सम्म ४८ खेल खेलेका मणिले अन्तर्राष्ट्रियस्तरमा छ गोल गरेका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy