Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

चिया एक :स्वाद अनेक

इलाम । चिया केका लागि पिइन्छ रु जवाफका लागि पर्खनु पर्दैन, स्वादका लागि । हरेक बिहान अधिकांश नेपालीका घरमा चिया पिइन्छ । धेरैले चिया स्वादकै लागि पिउँछन् । हामीले पिउने चिया पनि आ–आफ्नै छन् । कोही चियामा दूध मिसाएर त कोही नमिसाई । हरेक तरिकाले फरक–फरक स्वाद चियामा पाउन सकिन्छ । हामीले पिउने चिया दुईदेखि तीन प्रकारका छन् भने दाम पनि किलोको दुई सयदेखि एक हजारसम्म । तर इलामको एउटा प्रशोधन केन्द्रमा स्वाद र गुणस्तरअनुसार फरकफरक २५ प्रकारका चिया प्रशोधन गरिन्छ । इलाम नगरपालिका–४ को जस्बिरे टी प्रशोधन उद्योगमा बनाइने यी चियाको दाम सुन्दा धेरैलाई विश्वास नलाग्न पनि सक्छ । न्यूनतम रु चार हजारदेखि अधिकतम ३५ हजार प्रतिकिलोसम्म यिनको मूल्य रहेको छ । गत चार वर्षअघि देखि प्रशोधन गर्न थालिएका विविधतायुक्त यी चियाको बजार भने नेपाल नभई विदेश नै हो । प्रशोधन केन्द्रका प्रबन्ध निर्देशक शरद सुब्बाका अनुसार यी चियाको बजार जर्मनी, नेदरल्याण्ड्स, फ्रान्स र अमेरिका हुन् । उहाँका अनुसार यी चिया मौसम अनुसार ‘फुल फर्मेटेड’, ‘सेमी फर्मेटेड’ र ‘नन् फर्मेटेड’ गरी तीन तरिकाले बनाइन्छ । । फुल फर्मेटेडअनुसार लामो समयसम्म अक्सिजनमा प्रशोधन गरेर यी चियाहरू बनाइन्छ । करीब १० घण्टादेखि तीन दिनसम्म रासायनिक प्रक्रिया गराएपछि यो चिया बनाउन सकिन्छ । सुब्बाका अनुसार यो तरिकाले ‘गोल्डेन टी’, ब्ल्याक टी’ लगायत चिया बनाइन्छ । यस्तै अर्को प्रकार हो, ‘सेमी फर्मेटेड टी’ । दुईदेखि तीन घण्टा मात्र प्रशोधन गरेर यो चिया बनाउने गरिएको सुब्बाको भनाइ छ । यस्तै अर्को प्रकार हो, ‘नन् फर्मेटेड टी’ । उहाँका अनुसार हरियो पत्ती चिया टिपेर खाँदा जस्तो स्वाद हुन्छ, त्यस्तै स्वादको चिया हो नन् फर्मेटेड टी । सुब्बाका अनुसार अन्य प्रकारका चियामा ‘येल्लो टी’, ‘ह्वााइट टी’, ‘सिल्भर टी’, ‘टिपी टू’, ‘रोस्टेट ग्रिन’, ‘स्पेशसन ग्रिन’, ‘मट्याङ्ग्रा टी’, ‘ब्ल्याक ओभल’, ‘ब्ल्याक पर्ट’, ‘एटम ब्ल्याक’, ‘गोल्डेन निडल’ लगायतका छन् । सुब्बाले यीमध्ये पनि सबैभन्दा महङ्गो चिया ‘ग्लोमिन टी’ रहेको जानकारी दिए । “यो चियाको मूल्य रु ३५ हजार प्रतिकिलो छ,” सुब्बाले थपे, “यो चिया नेपालमा त बिक्री हुँदैहँुदैन । यो चियालाई अत्यन्तै मिहिनेत गरेर हामीले हातले बनाउँछौँ ।” उनले उक्त चिया स्वास्थ्यका लागि पनि फाइदा हुने भएकाले विदेशमा ‘हारालुछ’ शैलीमा बिक्ने गरेको बताए । उनका अनुसार विदेशमा येल्लो टीलाई रु एक हजार पाँच सय, ह्वाइट टीलाई चार हजार, सिल्भर टीलाई दश हजार, रोस्टेड ग्रिनलाई दुई हजार, ब्लाक ओगललाई पाँच हजार, हिमालय गोल्डलाई पाँच हजार रुपैयाँ प्रतिकिलो पर्छ । सुब्बाले स्वादका लागि मात्र नभई विदेशीले स्वास्थ्यका लागि पनि चिया पिउने गरेकाले उद्योगबाट उत्पादित चिया औधी रुचाउने गरेको जानकारी दिए । “सरकारले नै यस्तो किसिमको चिया खाँदा उपयुक्त हुन्छ भनेर तोकिदिएको हुन्छ । त्यसैले महङ्गै भए पनि धेरैले किन्छन्,” सुब्बाले भने । महङ्गो र जानकारी नभएका कारण नेपालमा यो किसिमको चिया खपत नहुने गरेको सुब्बाको भनाइ छ । सरकारी तवरबाट जनचेतनामूलक काम नहुनु र सर्वसाधारणमा ‘चिया जस्तो भए नि उस्तै हो’ भन्ने धारणाले चिया नबिक्ने गरेको सुब्बाले बताए । उन्नाइस वर्षअघि देखि चियाको प्रशोधन थालेका सुब्बाले वार्षिक २० हजार किलो चिया प्रशोधन गर्छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy