यस्तो अवस्था कसैलाई नआओस् :उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक
पौष २३ गते, २०७५ सोमवार 7th January, 2019 Mon१२:२४:५५ मा प्रकाशित
कञ्चनपुर ।जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताएकी थिइनन् ।
जन्मिँदादेखि दुई वर्षको हँुदासम्म मोटो नै थियो । बोल्न खोज्थ्यो । हाँस्थ्यो । तेस्रो वर्ष लागेपछि शरीर पूरै सुक्दै गयो । बोल्न छाड्यो । हिरादेवीले भनिन्, “सामान्यरूपमा हिँड्न थाले पनि माटो पाए माटै, जे पायो त्यही खान थालेपछि बाँध्नुपरेको छ ।”
हिरादेवीको नाति रक्की १० वर्षको भएको छ । सात वर्षअघिदेखि परिवारले उनलाई घरभित्र र बाहिर खटियामा हात बाँधेर राख्दै आएका छन । जे पायो त्यही खाइदिने, शरीरमा दिसापिसाब आएको थाहा नहुने र दिसापिसाब पनि खाइदिन थालेपछि बाँध्नुपरेको हिरादेवीले बताइन् ।
हिरादेवीको सनवोरा नदी किनारामा एक कठ्ठा जग्गामा बनेको छाप्रो मात्रै सम्पत्तिका रूपमा रहेको छ । उनका छोरा र बुहारीले मजदूरी गरी घरको खर्च धान्ने गरेका छन । मजदूरी नगरे परिवारले भोकै बस्नुपर्छ । आर्थिक अभावले रक्कीको परिवारले उपचार गराउन पाएको छैन । भारतको नयाँ दिल्लीमा मजदूरी गर्न गएका बेला परिवारले चिकित्सकलाई देखाउँदा मानसिक अवस्था कमजोर रहेकाले उपचार गरे ठीक हुनसक्ने चिकित्सकले बताएको हिरादेवीले बताइन् ।
परिवारको साँझ बिहानको खर्च उठाउन त निकै मुस्किल भएको अवस्थामा उपचार गराउने पैसा भएन । “बाध्यतावश घरमै बाँधेर राख्नुपरेको छ”, उनले भनिन्, “छिट्टै जाति गराउन पाए हुन्थ्यो । उपचार पाएर ठीक हुन्छ कि भन्ने आशा छ । कहाँ उपचारका लागि लैजाने त्यो पनि थाहा छैन । उपचारका लागि एक सुको पैसा घरभित्र छैन । एक जनाले रक्कीकै लागि घर कुर्नुपरेको छ । यस्तो अवस्था कसैलाई नआओस् ।”
जनप्रतिनिधि आए पनि कसैले पनि उपचारका लागि सहयोगी हात अगाडि नबढाएको सुनार परिवारको गुनासो छ । निर्वाचनका बेला मत माग्नका लागि घर दैलोमा पुगेकाले निकै अश्वासन दिएको सुनार परिवारको स्मरणमा छ । चुनाव जितेर पदमा पुगेपछि सोध्न पनि कोही आएका छैनन् ।
पूर्णरूपमा अपाङ्गता रहेको भए पनि अपाङ्गता परिचयपत्र समेत जानकारीको अभावमा परिवारले बनाउन सकेका छैनन् । समाजमा विद्यमान छुवाछुतकै कारण दलित परिवार भएकैले जनप्रतिनिधि आए पनि उपचार नपाएर अबोध बालकले पीडा सहनु परेको कुरा कसैका लागि पनि सैह्य नहुने राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले बताए ।
“पीडित बालकका लागि उपचारको व्यवस्था मिलाउन नगरपालिकासँग माग गर्छौँ”, उनले भनिन्, “समाजको तर्फबाट हुने सहयोगका लागि तत्पर रहेका छौँ ।” मुक्त हलिया समुदायका महिलाका लागि सञ्चालन गरिएको तालीमको खाजा खर्च कटाएर केही सहयोग तत्काल गरिने र बाँकी उपचारका लागि खर्च जुटाउनेतर्फ लागेको उनले बताए ।
पीडित बालककै घर छेउमा वडा अध्यक्षको घर भए पनि उपचारका लागि पहल नगर्नु दुःखद् भएको उनको भनाइ छ । सुनार परिवारले रक्कीको उपचारका लागि दातृ निकायलाई समेत गुहारेका छन् । सहयोगी हात अगाडि बढाई उपचार गराइदिन आग्रह गरेका छन् ।
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: