अवकाशप्राप्त ५२ प्रहरी अधिकृतको घरमा कार्यरत ८५ प्रहरी तानिए
पौष २७ गते, २०७५ शुक्रवार 11th January, 2019 Fri०७:१९:०४ मा प्रकाशित
काठमाडाैं । अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा अवैध रूपमा कार्यरत ८५ प्रहरी मुख्यालय तानिएका छन् । प्रहरी प्रधान कार्यालयले पाँच पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सहित ५२ प्रहरीको घरबाट पिएसओका नाममा राखिएका सुरक्षाकर्मी फिर्ता गरेको हो । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० उल्लंघन गर्दै अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता बोलाएको प्रहरीले जनाएको छ ।
एउटै पूर्वएआइजीको घरमा चारजनासम्म सुरक्षाकर्मी
अाजकाे नयाँ पत्रिकादैनिकमा खबर छ - नियमविपरीत पूर्वएआइजीहरूले राखेका पिएसओ पनि हटाइएको छ । कार्यविधिमा अवकाशप्राप्त आइजिपीले मात्र पिएसओ तथा सहयोगीको सुविधा पाउने उल्लेख छ । तर, सबैजसो अवकाशप्राप्त एआइजीहरूले पिएसओका नाममा सहयोगी राखेका छन् । एआइजीले राखेका एकभन्दा धेरै प्रहरी मात्र फिर्ता गरिएको स्रोतले बतायो ।
पूर्वएआइजी विजयलाल कायस्थको घरबाट एक हवल्दार र तीन जवानलाई फिर्ता गरिएको छ । अझै पनि उनीकहाँ केही प्रहरी छन् । त्यस्तै, पूर्वएआइजी मिङमार लामाको घरबाट पनि चार प्रहरी लगेकोमा फिर्ता गरिएको छ । पूर्वएआइजीहरू मधु पुडासैनीबाट दुई, पंकज श्रेष्ठबाट एक, कमलसिंह बमबाट दुई, अमरबहादुर शाहबाट एक, हेमन्तबहादुर पालबाट तीन, रणबहादुर चन्दबाट तीन, बमबहादुर भण्डारीबाट दुई, दीपक थाङदेनबाट दुई र विजयकुमार भट्टबाट दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ । एआइजीले अवकाशपछि पिएसओ सुविधा पाउने कार्यविधिमा उल्लेख छैन । तर, विशिष्ट श्रेणीको अधिकृत भएकाले एकजनासम्म सहयोगी प्रहरी प्रधान कार्यालयले खटाउँदै आएको छ । केहीले केही दिनका लागि भनेर अवकाशपछि लिएर जाने र फिर्ता नै नगर्ने चलन रहेको प्रहरी मुख्यालय स्रोत बताउँछ ।
पाँच पूर्वआइजिपीको घरबाट १२ सुरक्षाकर्मी फिर्ता
पूर्वआइजिपीहरू दुर्लभकुमार थापा, रमेश चन्द ठकुरी, हेम गुरुङ, ओमविक्रम राणा र उपेन्द्रकान्त अर्यालको घरमा अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता गरिएको छ । थापाको घरबाट दुई कार्यालय सहयोगी, ठकुरीको घरबाट एक जवान र एक कार्यालय सहयोगी, गुरुङको घरबाट एक असइ, दुई हवल्दार र एक कार्यालय सहयोगी, राणाको घरबाट तीन जवान र अर्यालको घरबाट एक असइ फिर्ता गरिएको छ । राणा भ्रष्टाचार मुद्दामा दुई वर्षदेखि फरार छन्, तर उनको घरमा सुरक्षाका नाममा प्रहरी भने खटाइएको थियो । २२ पूर्वडिआइजी र पाँच पूर्वएसएसपीको घरबाट ३७ फिर्ता
डिआइजी र एसएसपीले दुरुपयोग गरेका सुरक्षाकर्मी पनि फिर्ता गरिएको छ । २२ पूर्वडिआइजी र पाँच पूर्वएसएसपीको घरबाट प्रहरी तानिएका छन् । पूर्वडिआइजी गणेश केसी र पवन खरेलले राखेका तीन–तीनजना प्रहरी फिर्ता गरिएको छ । यस्तै, हिमबहादुर गुरुङबाट दुई, पुष्कलराज रेग्मीबाट एक, इन्द्रबहादुर शेरचनबाट एक, श्याम खड्काबाट एक, नवराज सिलवालबाट दुई, दीपककुमार श्रेष्ठबाट एक, रोमेन्द्रसिंह देउजाबाट एक, गोविन्दप्रसाद निरौलाबाट एक, सुदीप आचार्यबाट दुई तथा भोगबहादुर थापाले लगेका दुई प्रहरीलाई तानेर नियमित ड्युटीमा लगाइएको छ ।
अमृतकाजी श्रेष्ठ, पुष्पचन्द्र रञ्जित, छविलाल जोशी, रमेशकुमार भट्टराई, गोपालप्रसाद भण्डारी, अच्युतप्रसाद चालिसे, शरद चन्द, सुरेन्द्रबहादुर पाल र श्याम खड्काले एक–एकजना तथा केदारमानसिंह भण्डारीले दुईजना राखेकोमा उनीहरूलाई पनि प्रहरी प्रधान कार्यालयले तानेको छ । प्रहरी जनशक्तिको दुरुपयोग गरी व्यक्तिगत काममा लगाउने पूर्वएसएसपीको घरबाट पनि सुरक्षाकर्मी तानिएका छन् । पूर्वएसएसपीहरू सुभाषचन्द्र चौधरीले दुई तथा बलराम शर्मा पौडेल, उत्तमबहादुर सिंह, इन्द्र न्यौपाने र विष्णुहरि गौतमले एक–एकजना प्रहरी घरमा राखेकोमा फिर्ता गरिएको छ ।
नेताका घरबाट पनि तानिए
नेतालगायत उच्चपदस्थ व्यक्तिले अवैध रूपमा राख्दै आएका २३ सुरक्षाकर्मी फिर्ता गरिएका छन् । बुधबार मात्र पूर्वगृहमन्त्री जनार्दन शर्मा र कांग्रेस सांसद अमेरशकुमार सिंहले राखेका प्रहरी फिर्ता गरिएको छ । शर्माको सुरक्षामा खटिएका नौ तथा तथा सिंहको सुरक्षाको नाममा खटिएका कार्यालय सहयोगीसहित तीनजनालाई प्रहरी प्रधान कार्यालयले तानेको छ । त्यसअघि पूर्वमन्त्री टेकबहादुर गुरुङ, गोविन्दराज जोशी र रामकृष्ण यादवले पिएसओका रूपमा दुरुपयोग गर्दै आएका प्रहरी फिर्ता गरिएको थियो । पूर्वसभामुख ओनसरी घर्तीले प्रयोग गर्दै आएको स्कर्टिङ पनि फिर्ता गरिएको छ । पतञ्जली योगपीठ नेपालमा ट्रस्टी शालिग्राम सिंहले अवैध रूपमा एक प्रहरी जवानलाई पिएसओका रूपमा लिएका थिए । उनलाई पनि फिर्ता गरिएको छ ।
डिआइजी तारिणी लम्साल भन्छन्–
मापदण्डविपरीत खटिएका सबै प्रहरी फिर्ता गर्ने माथि (गृह मन्त्रालय र आइजिपी)बाट कडा निर्देशन छ । आगामी दिनमा पनि दुरुपयोग भएका जनशक्ति फिर्ता बोलाइने क्रम निरन्तर चलाउने निर्णयमा प्रहरी प्रधान कार्यालय पुगेको छ ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: