Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

जापानी परराष्ट्रमन्त्री कोनो फिर्ता

जापान । जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल भ्रमण सकेर बिहीबार फ्रान्स प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर उनी फ्रान्स प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय साझा चासोका विषयहरूमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्ताबारे परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिहरू तथा सरकारका प्राथमिकताका बारेमा उल्लेख गर्दै नेपालको सामाजिक, आर्थिक विकासका लागि जापान सरकारको निरन्तर सहयोग तथा समर्थनको प्रशंसा गर्नुभयो ।’ अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - भेटका क्रममा प्रधानमन्त्री ओलीले बिहीबार नै कोनोको ५६औँ जन्मदिनका अवसरमा पुष्पगुच्छा र उपहारसहित शुभकामना दिएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले शुभकामना दिँदै भने, ‘तपाईंलाई शुभकामना छ, तर मैले कार्यक्रम आयोजना गर्ने अनुकूलता भएन ।’ अर्यालका अनुसार जापानी मन्त्रीको भनाइ थियो, ‘त्यसो भए अर्को वर्ष जन्मदिन मनाउन नेपाल आउनुपर्ने भयो ।’ कोनोले जापानमा नेपाली कामदार पठाउनुअघि भाषासम्बन्धी राम्रो प्रशिक्षण दिनुपर्नेमा जोड दिएका थिए । जापानी प्रमलाई निम्तो प्रधानमन्त्री ओलीले कोनोमार्फत जापानका प्रधानमन्त्री सिन्जो आबेको नेपाल भ्रमणका लागि अनुरोध गरेका छन् । प्रधानमन्त्री आबेको भ्रमणका लागि नेपालले औपचारिक निमन्त्रणा पठाइसकेको छ । ‘जापानका प्रधानमन्त्रीको नेपाल भ्रमणको तयारी भएको अर्थमा यसलाई लिनुपर्छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending