Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

‘दह्रो घर, दिगो बस्ती’ नाराका साथ २१औँ राष्ट्रिय भूकम्प दिवस मनाइयो

विराटनगर । ‘दह्रो घर, दिगो बस्ती’ प्रमुख नाराका साथ २१औँ राष्ट्रिय भूकम्प दिवस आज यहाँ विविध कार्यक्रमसहित मनाइयो । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित सो कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका सल्लाहकार सूर्यभक्त साँगाछे, सङ्घीय मामिला कार्यान्वयन एकाइका प्रमुख काशी गुप्ता र विराटनगर महानगरपालिकाका इञ्जिनीयर अर्जुन थापाले भूकम्पबाट जनधनको क्षतिलाई न्यूनीकरण गर्ने विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा विगत ४६ वर्षदेखि विपद्बाट नेपालमा २५ हजार ८४९ जनाको ज्यान गएको र आठ लाख ३५ हजार घर ध्वस्त भएको जनाएको छ । विसं १९९० मा आएको विनाशकारी भूकम्पले धेरै जनधनको क्षति गरेको र २०७२ वैशाख १२ गते आएको ७ दशमलव ८ म्याग्नुचुडको भूकम्पमा नौ हजार मानिसको ज्यान गएको थियो भने २२ हजार मानिस धाइते भएका थिए । यस भूकम्पमा आठ लाख घर ध्वस्त भएको, पाँच हजार विद्यालयमा क्षति पुगेको र करीब १० अर्ब अमेरिकी डलर बराबरको धनसम्पत्ति क्षति भएको देखाएको छ । आगलागी, हावाहुरी, भूकम्प, बाढीपहिरो, चट्याङजस्ता विपद्बाट मानिसको ज्यान र सम्पत्ति नष्ट हुने भएकाले अब निर्माण गरिने भवन आचारसंहिता अनुसार बन्नुपर्ने प्राविधिकको भनाइ छ । सो अवसरमा निमित्त प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भूकम्प आफैँमा विनाशकारी नभएको र मानिसले बनाइएको कमजोर संरचनाबाट क्षति हुने भएकाले यसतर्फ सबैको ध्यान जानु जरुरी छ भने।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy