Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

प्रधानमन्त्री टरिजा मे अविश्वासको प्रस्तावमा झिनो मत अन्तरले बच्न सफल

संसद्‍मा आफूविरुद्धको अविश्वासको प्रस्तावमा झिनो मतले जित्न सफल भएकी ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले सांसदहरूलाई अब ब्रेक्जिट अर्थात् ब्रिटेन युरोपेली संघ इयुबाट बाहिरिने प्रक्रियालाई मूर्त रूप दिनका लागि मिलेर काम गर्न आग्रह गरेकी छन्। उनले सांसदहरूले निजी स्वार्थ त्यागेर सबैको हितका लागि काम गर्नु पर्नेूमा जोड दिइन्। टरिजा मेविरुद्ध संसद्‍मा ल्याइएको अविश्वासको प्रस्तावको पक्षमा ३०६ मत परेको थियो भने त्यसको विपक्ष अर्थात् मेको पक्षमा ३२५ मत परेको थियो। केही विद्रोही टोरी सांसद र डीयूपीले उनको पक्षमा मत दिएपछि उनको प्रधानमन्त्री पद जोगिएको हो। तर २४ घन्टा अघिसम्म पनि दुवै पक्ष मेको ब्रेक्जिट योजनालाई विफल तुल्याउनु पर्ने अडानमा थिए। अबको बाटो के होला ? बुधवार राति उनले एसएनपी, लिबेरल डिमोक्र्याट र प्लेड सिम्रुका नेताहरूलाई भेटेपनि प्रतिपक्षी लेबर नेता जेरेमी कोर्बिनलाई भेटिनन्। उनले विपक्षी दलका लागि पनि आफ्नो ढोका खुल्लै रहेको बताइन्। अविश्वासको प्रस्तावबाट बच्न सफल भएलगत्तै संसदमा बोल्दै उनले ब्रिटेनका जनताले ब्रेक्जिटको पक्षमा दिएको जनमत संग्रहको नतिजा स्मरण गराइन्। उनले भनिन्, \'अब हामीले राष्ट्रिय हितलाई पहिलो बनाउँदै जनमत संग्रहको परिणाम अनुसार काम गर्ने बेला भएको छ।\' लेबर के चाहन्छ ? कोर्बिनले चाहिँ ब्रेक्जिटबारेको सहमति उल्टिने भएमात्रै आफूले मेसँग वार्ता गर्ने बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता लउरा क्वेसबर्ग भन्छिन्, \'लेबर के कुरामा प्रष्ट छ भने मेले व्यवस्थित प्रक्रियाबाट मात्रै ब्रिटेनले इयु छोड्ने प्रतिबद्धता व्यक्त नगरेसम्म कोर्बिन वार्तामा जाने छैनन्।\' लेबरका धेरै सदस्यहरू ब्रेक्जिट चाहँदैनन्। मंगलबार राति ब्रिटिश सांसदहरूले मेको ब्रेक्जिट प्रस्तावलाई धेरै मत अन्तरले हराइदिएका थिए। तर मेले भने ब्रिटेनका जनताले ब्रेक्जिट चाहेको र उनीहरूले त्यही देख्न चाहिरहेकोमा जोड दिएकी छन्।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy