Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

विमानस्थल सञ्चालन गर्न काटिएका चार सय रुख अलपत्र

पर्वत। साढे दुई दशकदेखि अलपत्र बलेवा विमानस्थल सञ्चालनका लागि भन्दै विगत एक वर्षअघि काटिएका रूख अलपत्र परेका छन् । सामान्यतया संरक्षित वनका रूख काट्न डिभिजन वन कार्यालयको अनुमति लिनुपर्छ । लिएर कटान गरेपछि त्यसको तथ्याङ्क बनाउनुपर्ने, निकासी गर्ने भए सोहीअनुसारको राजश्व तिर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म त्यसको व्यवस्थापन हुन सकेको छैन् । आन्तरिक रूपमा खपत गर्ने भए सामुदायिक वन उपभोक्ता समितिले आम भेला गरेर उपयोग गर्ने नीति बनाउनुपर्ने प्रावधान छ । तर, एक वर्षअघि बलेवास्थित विमानस्थल सञ्चालनका लागि भन्दै काटिएका रूख अझै छरपष्ट छाडिएका छन् । विसं २०१८ देखि सञ्चालन भएको विमानस्थल विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग बनेपछि बन्द भएको थियो । सडक सञ्जालले बलेवा नजोडिँदा जहाज चल्न सकेको थिएन । बागलुङ नगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच गत वर्ष सातामा दुई उडान भर्ने सहमति भएपछि असारमा एकाध जहाजले उडान भरेका थिए । २६ वर्षदेखि उपयोगविहीन बलेवा हवाई मैदानमा हिजोआज फेरि जहाज चल्न छाडिसकेको छ । विमानस्थलको कच्ची धावनमार्ग फेरि गौचरनमा परिणत भएको छ । जहाजलाई उडान–अवतरणका लागि आवश्यक भन्दै काटिएका सल्लाका रूख त्यसै अलपत्र छन् । बलेवास्थित डुगाचौर सामुदायिक वनको ४०० भन्दा बढी रूख जहाज चलाउनका लागि कटान गर्नुपर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेपछि स्थानीयवासीले काटेका थिए । “जहाज चलाउनका लागि रूख काट्नै पर्ने सल्लाह पाएपछि ढालिएको थियो”, वडाध्यक्ष चक्रबहादुर खत्रीले भन्नुभयो, “जहाज पनि नियमित भएन, रूख कसरी व्यवस्थापन गर्ने अन्योल भएको छ ।” हरेक काम गर्दा डिभिजन वन कार्यालयको अनुमति लिनुपर्ने बाध्यताले ढलेका रूख जस्ताको तस्तै रहेको उनले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending