Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

वजेट कार्यान्वयनलाई तिव्रता दिनुहोस -मुख्यमन्त्री शाही

कर्णाली । प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन गरेका छन् । विषयगत मन्त्रालयका सचिवहरुलाई वुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा वोलाएर मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनलाई तिव्र गतिमा अगाडि वढाउन निर्देशन गरेका हुन् । ‘जनतालाई परिणामसंग सरोकार छ, प्रक्रियासंग होईन ।’ मुख्यमन्त्री शाहीले भने¬–‘प्रदेश सरकारको सोच वमोजिम जनताले अनुभुति गर्नेगरि परिणाममुखी काम गर्नुस् ।’ ६ वटै विषयगत मन्त्रालयका सचिववाट वजेट कार्यान्वयनको प्रगति, कार्यान्वयनमा देखापरेका चुनौति र आगामी योजनाको व्रिफिङ्ग सुनिसकेपछि मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनको समयसिमा सहितको ठोस कार्ययोजना ३ दिन भित्र पेश गर्न निर्देशन गरे । उनले कार्यान्वयन गर्न नसकिने, संशोधन गर्नुपर्ने र नीतिगत समस्या सामाधान गर्नुपर्ने योजनाहरुको विवरण समेत पेश गर्न निर्देशन गरेका छन् । प्रादेशिक संरचना नयाँ भएको र कुनै पनि संरचना नभएको अवस्थामा प्रदेश सरकारको संस्थागत गर्न सचिवहरुले महत्वपुर्ण भुमिका खेलेको भन्दै मुख्यमन्त्री शाहीले धन्यवाद दिए । ‘सरकार संचालन र संस्थागत गर्न तपाईहरुले ठुलो मेहनत गर्नुभएको छ, फाईल र कलम समेत आफैले किनेर जसरी मन्त्रालय चलाउनुभयो यसको मुल्याँकन ईतिहाँसले गर्नेछ’–मुख्यमन्त्री शाहीले भने । कर्मचारी समायोजन पछि सरकार अझै व्यवस्थित हुने अपेक्षा व्यक्त गर्दै मुख्यमन्त्री शाहीले समायोजनको चिठी हातमा नपरुन्जेल सम्म मन्त्रालयको काममा दत्तचित्तका साथ लाग्न सचिवहरुलाई आग्रह गरे । मुख्यमन्त्री शाहीले कर्णालीको नाङ्गो छाती र भोको पेट हेरेर राष्ट्रसेवक हुनुको कर्तव्य पुरा गर्न आग्रह गरे । सचिवहरुले मुख्यमन्त्री शाही समक्ष वजेट कार्यान्वयनका लागि मातहतका निकायमा अख्तियारी पठाईएको, योजना छनौटको लागि सुचना प्रकाशन गरिएको, कतिपय योजनाको सम्झौता भई कार्यान्वयनमा गएको, कतिपय योजनाको सर्भे भईरहेको र कतिपय योजना छनौैटको चरणमा रहेको प्रगति विवरण पेश गरेका छन् । त्यसैगरि सचिवहरुले मन्त्रालयमा प्र्राविधिक जनशक्तिको अभाव रहेको, ऋण र आन्तरिक राजश्वमा रहेको वजेटको श्रोत सुनिश्चित नभएको लगायतका समस्या राखेका छन ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy