Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

अस्पतालबाट फरार थुनुवा गौशालामा पक्राउ

गौशाला । जलेश्वर कारागारबाट ल्याइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै फरार भएका एक थुनुवा पाँच घण्टापछि पक्राउ परेका छन् । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा रहँदै आएका धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका– ६ घर भई हाल जलेश्वर कारागारमा नकबजनी चोरी मुद्दामा बस्दै आएका रञ्जीत यादव जनकपुर अञ्चल अस्पतालबाट उपचारका क्रममा गएराति २ बजे फरार भएकामा आज बिहान ७ बजे पुनःपक्राउ परेको जेलर चिरञ्जीवी थापाले बताए। धनुषा जिल्ला अदालतको फैसलाअनुसार नकवजनी चोरी मुद्दामा रु १० हजार धरौटी तिर्न नसकी विसं २०७५ मङ्सिर २८ गतेदेखि थुनुवा यादव जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएकामा गएराति उनी उपचार गराउँदा गराउँदै भागेका थिए । दुई दिनअघि बुधबार अत्यधिक पेट दुखेर ९एपेन्डिक्स० भएर दुई जना सुरक्षाकर्मी र एक जना कार्यालय सहयोगीका साथमा अञ्चल अस्पताल जनकपुरमा उपचारका लागि गएका थुनुवा यादव गएराति करीब २ बजेतिर पिसाब फेर्ने बहानामा उठेर हतकडी खोली भागेको जेलर थापाले बताए । थुनुवा यादव भागेलगत्तै कारागार कार्यालय महोत्तरीका जेलर थापाको आग्रहमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र धनुषा जिल्ला प्रहरी तथा प्रदेश प्रहरीले थुनुवाको खोजतलास व्यापकरुपमा गरेर पाँच घण्टापश्चात् पुनःथुनुवा यादवलाई पक्राउ गर्न सफल भएको महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy