Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालको ब्याटिङमा अर्धसतक पूरा गरी विश्व कीर्तिमान

काठमाडौं । नेपाली खेलाडी रोहित कुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् । यूएईसँगको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा शनिबार रोहितले नेपालको ब्याटिङमा किर्तिमानी अर्धसतकको बनाए । ५८ बलमा ५५ रन बनाएका रोहितले सात चौका हानेका थिए । यो अर्धसतकमा उनले भारतका महान क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानका शहिद अफ्रिदीको किर्तिमान तोडेका छन् । सचिनले सन् १९८९ मा पाकिस्तान बिरुद्धको टेस्टमा ५९ रन बनाउने क्रममा टेस्ट क्रिकेटमा कान्छो उमेरमा अर्धशतक प्रहार गर्ने किर्तिमान बनाएका थिए । सचिनको त्यति बेला उमेर १६ वर्ष दुई १३ दिन थियो । रोहितले अफ्रिदीले २३ वर्ष पहिले बानडेमा बनाएको रेकर्ड तोडेका छन् । अफ्रिदीले सन् १९९६ मो श्रीलंकाबिरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दा अर्धसतक बनाएका थिए । त्यति बेला शाहिद अफ्रिदीको उमेर १६ वर्ष दुई सय १७ दिन थियो । रोहितको उमेर शनिबार १६ वर्ष एक ४६ दिन पुगेको छ । रोहितले अफ्रिदीको किर्तिमान ७१ दिनले तोडेका छन् । रोहितले सचिन र अफ्रिदीको किर्तिमान तोडपनि उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बधाई दिएको छ । रोहित वानडे क्रिकटमा डेब्यु गर्ने विश्वका चौथो कान्छो खेलाडी पनि बनेका छन् । रोहितले गतवर्ष नेदरल्याण्डसँग भएको एकदिवसीय सिरिजको दोस्रो खेलमा डेब्यु गरेका थिए । त्यतिबेला उनको उमेर १५ वर्ष तीनसय ३५ दिन थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बिश्वकै कम उमेरमा डेब्यु गर्ने खेलाडी पाकिस्तानका हसन राजा हुन् । उनले सन् १९९६ मा जिम्बावेविरुद्ध १४ वर्ष दुईसय ३३ दिनको उमेरमा डेब्यु गरेका थिए । यसैगरी केन्याका गुरदिप सिंह सन् २०१३ मा अफगानिस्तानबिरुद्ध डेब्यु गर्दा १५ वर्ष दुई सय ५८ दिनका थिए । तेस्रो नम्बरमा क्यानडाका खेलाडी नितिश कुमार छन् । सन् २०१० मा अफगानिस्तानसँग डेब्यु गर्दा नितिसकोउमेर १५ वर्ष दुई सय ७३ दिन थियो । यसैगरी, रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पाँचौ नेपाली खेलाडी पनि बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र सुबास खकुरेलले अर्धशतक बाएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy