लमजुङ। बुद्धिबहादुर बोहराको हत्या आरोपमा पक्राउ परेका विजय लामिछानेलाई जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ । घटनामा बोहराको साथबाट लुटिएको सुनको गहना खरिद गरेको आरोपमा पक्राउ परेका दीपक सुनार भने एक लाख ६० हजार रुपियाँ धरौटी बुझाएर रिहा भएका छन् ।
बेँसीसहर नगरपालिका–८, तामाङटोल निवासी ५७ वर्षीय बोहराको सुन लुट्ने उद्देश्यले हत्या गरेको आरोपमा लामिछाने र लुटिएको सुनको गहना खरिद गरेको आरोपमा सुनार पक्राउ परेको थिए। सुनार भरतपुर महानगरपालिका–२१, पार्वतीपुरस्थित मौलाकालिका सुनचाँदी पसलका सञ्चालक छन्।
जिल्ला अदालत लमजुङले लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने र सुनारलाई एक लाख ६० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
दोर्दी गाउँपालिका–१, ढोके स्थायी घर भई हाल सुन्दरबजार नगरपालिका–९ मा बस्दै आएका लामिछानेमाथि गत असार २५ गते बोहराको हत्या गरेको आरोप छ । लामिछाने बोहराका निकट साथी रहेको प्रहरीले जनाएको छ । हत्यापछि लामिछाने चितवन पुगेर बोहराबाट लुटेको सुनको गहना सुनारलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
बोहरा असार २१ गते घरबाट कसैलाई जानकारी नदिई निस्किएपछि सम्पर्कविहीन भएका थिए । उहाँको खोजी गर्ने क्रममा बेँसीसहर नगरपालिका–१, उदीपुरस्थित आकाशेडाँडामाथिको जङ्गलमा असार २५ गते शव फेला परेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - ११:४५
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ। आगामी २९ साउनमा आयोजना हुने भेलाका लागि काठमाडौंको सुकेधारास्थ...
श्रावण २७ गते, २०८३ - ११:२२
गुल्मी। गुल्मीमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ। यस जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–१, रिडीस्थित मदन भण्डारी राजमार्ग छेउ...
श्रावण २७ गते, २०८३ - ११:०८
काठमाडौँ । कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएक...
श्रावण २७ गते, २०८३ - १०:५५
लमजुङ। बुद्धिबहादुर बोहराको हत्या आरोपमा पक्राउ परेका विजय लामिछानेलाई जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ । घटनामा बोहराको साथब...
श्रावण २६ गते, २०८३ - १७:५०
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...
श्रावण २६ गते, २०८३ - १७:३६
कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...
श्रावण २६ गते, २०८३ - १७:२२
काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...
श्रावण २६ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...
श्रावण २६ गते, २०८३ - १६:५०
काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...



प्रतिकृया लेख्नुहोस्: