Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

फाइनान्सद्वारा न्यानो कपडा वितरण

राजविराज । जाडोबाट समस्यामा रहेका दलित विपन्न परिवारका छात्र–छात्रालाई शनिबार न्यानो कपडा वितरण गरिएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाको अतिविकट मानिएको गोबरगढा र मधवापुरका ९२ दलित विपन्न परिवारका छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको हो । सिर्जना फाइनान्सद्वारा जाडोबाट पीडित छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको स्थानीयवासी गंगा साहले बताइन् । उक्त वितरण कार्यक्रममा फाइनान्सका सञ्चालक सुभाष आचार्य, सञ्जीवकुमार मिश्र, वडा नं ४ का वडाध्यक्ष नागेश्वर मण्डल, पलट राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र साह, सञ्चारकर्मी गंगा साह, राजु शर्मालगायतको सहभागिता थियो । यस्तै जिल्लाको बिष्णुपुर र रुपनी गाउँपालिकाका ७५ दलित विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । मानव सेवा ट्रष्ट र उपकार सेवा नामक संस्थाले संयुक्त रुपमा जाडोबाट प्रभावित दलित, एकल महिला तथा अति विपन्न घरपरिवारलाई कम्बल वितरण गरेको हो । यस्तै सप्तरीको रुपनी गाउँपालिका–६ का २५ दलित विपन्न परिवालाई कम्बल वितरण गरिएको छ । त्यस्तै विष्णुपुर गाउँपालिका–७ स्थित रामटोलमा आयोजित कम्बल वितरण कार्यक्रममा मानव सेवा ट्रष्टका अध्यक्ष सुरेश गुप्ता, सदस्य विनोदकुमार विश्वकर्मा र उपकार सेवाका निर्देशक वसन्त खन्डेबाललगायतले सो बस्तीका ५० दलित एवं विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । यसैबिच तोपास्थित मेरी स्टोप्स नेपालद्वारा गरिएको परिवार नियोजनका क्रममा चिकित्सकको लापरवाहीले मृत्यू भएको भन्दै पीडित परिवारलाई राहत प्रदान गरिएको छ । स्वास्थ्य केन्द्रमा स्थायी बन्ध्याकरण गराएकी ३० वर्षीया सुनिता मुखियाको शुक्रबार राति मृत्यू भएको थियो । आक्रोशित पीडित परिवारले क्षतिपूर्तिको माग राख्दै तिलाठी कोइलाडी गाउँपालिका–५ टिकुलियाको बाँधमा सडक अवरुद्ध गरेपछि उनीहरुको मागअनुसार तत्काल गाउँपालिकाले किरिया खर्चवापत रु २५ हजार उपलब्ध गराएको थियो । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले उक्त लापरवाहीको विषयमा छानबिन गरी दोषीलाई कारवाही गरिने बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy