Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

हिमपातले खाद्यान्न उत्पादनमा बढ्ने हुदाँ लेकका किसानमा खुशीयाली

काठमाडौँ । माघको सुरुमै चार पटक हिउँ परेपछि र हिमाली क्षेत्रका तल्ला भाग अर्थात उचाइ थोरै उचाइमा समेत हिमपात भएपछि खाद्यान्न उत्पादनमा बढ्ने भन्दै किसान हर्षित भएका छन्। यो एक दशकयताकै सर्वाधिक हिमपात भएको र १८ सय मिटर उचाइसम्म हिउँ झरेकाले उवा, गहुँ, जौ र आलु उत्पादन वृद्धि हुने आस जागेको हो। आजको अन्नपुर्ण पोस्ट दनिक्मा खबर छ - २ हजार मिटरमा उचाइको डोल्पाको दुनैमा माघ दोस्रो सातासम्म नै ४ पल्ट हिमपात भयो। २ मिटरसम्म बाक्लो हिउँ परेको १० वर्षयताकै सबैभन्दा बढी हो। यस्तै पूर्वी तथा पश्चिमी हिमाली क्षेत्रको १८ सय मिटरसम्म हिमपात भएको जल तथा मौसम विज्ञान विभागको मौसमविद् मन्जु दासीले बताइन्। जति धेरै हिउँ पर्‍यो त्यति नै माटो मलिलो हुने र अन्न उत्पादन बढी हुने संखुवासभा मकालु–५ का वडाध्यक्ष जापन गुरुङले बताए। हिउँ पग्लिएपछि माटो मलिलो हुने र अन्न उत्पादन बढ्ने भन्दै किसान खुसी भएको उनले बताए। पूर्वी हिमाली भेगका ताप्लेजुङ, संखुवासभामा यस वर्ष बढी हिमपात भयो। मकालुको २ हजार मिटर उचाइका मांसिमा, बाक्लेक, सिलिचुङ–३ साप्तेल र पाँचखपनको ओडारेसम्म हिमपात भएको छ। चार दिनयता हिमपात जारी रहेकाले २ मिटरसम्म हिमपात भएको स्थानीय पेमाछिरी शेर्पाले बताए। यस क्षेत्रमा ४ हजार मिटरमाथि मंसिरदेखि नै हिउँ पर्न थालेको र तल्लो भेगसम्म बाक्लो हिमपात भएको शेर्पाले बताए। ताप्लेजुङको सुकेटार बजारभन्दा तल्लो भूभागमा हिमपात हुँदा तल्लो भेगका बुङकुलुङ, गढीडाँडालगायत आधा दर्जन गाउँको जनजीवन प्रभावित बनेको छ। बुङकुलुङ र गढीडाँडामा भने २५ वर्षपछि गत पुस १३ गते सुख्खा हिउँ पर्न थालेको स्थानीय दावा शेर्पाले बताए। हिमाली क्षेत्रका मुख्य उब्जनी आलु, मकै र उवा हुन्। हिउँ पग्लिएपछिको फुक्का माटो अन्नका लागि उर्बर हुने शेर्पाको भनाइ छ। ‘०५० सालतिर यसरी हिउँ परेको थियो’, उनले भने, ‘लामो समयपछि गाउँमा हिमपात हुँदा स्थानीय खुसी छन्।’ पाथीभरा क्षेत्रको भालुगौंडेभन्दा करिब ५ सय मिटर तलसम्म हिमपात भएको छ। ‘५ वर्षअघि मात्रै यति तलसम्म हिउँ परेको थियो’, भालुगौंडेका विष्णु लिम्बूले भने, ‘हाम्रो वरिपरि पनि गत वर्षभन्दा बाक्लो हिउँ पर्‍यो।’ मिक्वाखोला गाउँपालिकाको मानाभरा डाँडाको बस्तीसम्मै पापुङको किलिङ, फक्ताङलुङ गाउँपालिकाको घुन्सा र ओलाङचुङगोलाको तल्लो क्षेत्रसम्म हिउँ परेको ओलाङचुङगोलाका छेतेन वालुङले बताए। मौसमविद् विक्रम जुवाका अनुसार पश्चिमी वायु निरन्तर लामो समय सक्रिय हुँदा तापक्रम घटेको र तल्लो भूभागसम्म हिउँ परेको बताइन्। विभागअन्तर्गतकै हिउँ शाखाको तथ्यांकअनुसार यसपालीको हिमपात एक दशकयताको भारी हिमपात हो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE