Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

गैरकानूनीरूपमा सम्पत्ति जोडेको अभियोगमा विमानस्थल भन्सारका अपरेटर विरूद्व मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गैरकानूनी रूपमा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्ति आर्जन गरेको र त्यसको स्रोतसमेत खुलाउन नसकेको जिकिर गरेको छ । विमानस्थल, भन्सार कार्यालय, काठमाडौँबाट अवैधरूपमा ३३ किलो सुन तस्करीको अभियोगको अनुसन्धानका क्रममा श्रेष्ठ २०७३ पुस २७ गतेदेखि निलम्बनमा समेत छन् । अकुत सम्पत्ति जोडेको अभियोगमा आयोगले अनुसन्धान गर्दा श्रेष्ठले बुबा ज्ञानकृष्ण, आमा चन्द्रदेवी, भाइ रामकृष्ण, भाइबुहारी रवीना प्रधानाङ्ग, श्रीमतीद्वय तारादेवी र रेखाको नाममा समेत लुकाएको पाइएकाले उहाँहरू विरुद्ध समेत मुद्दा दायर गरेको छ । आयोगले उहाँहरूको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार श्रेष्ठको २०५३ साल चैत ५ देखि अनुसन्धान अवधिसम्म पारिश्रमिक बचत रु १८ लाख १६ हजार ९४८, सगोलका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रु तीन करोड ४७ लाख ७६ हजार ४३९ रहेको छ । यस्तै परिवारका अन्य सदस्यले गरेको वैधानिक आम्दानी रु नौ करोड ६३ लाख आठ हजार ८२८ रहेको छ । यस्तै श्रेष्ठको खर्च तथा लगानीतर्फ रु १९ करोड ७४ लाख ५५ हजार ८१६ रहेको छ । कूल आम्दानी रु नौ करोड ६३ लाख आठ हजार ८२८ रहेको भए पनि रु १० करोड ११ लाख ४६ हजार ९८८ तथा स्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउ गरेको रु चार करोड ४९ लाख ७७ हजार ४९० समेत अवैध रहेको पाइएको छ । दुवै रकम जोड्दा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको आयोगले जनाएको छ । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र बदनीयत साथ राखेको देखिन आएकाले आयोगले स्रोत नखुलेको चल अचल सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending