Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

अस्पतालमा दुई करोड मूल्यकाे डायलाइसिस मेशिन किन थन्कियो ?

भक्तपुर । भक्तपुर अस्पतालमा डायलायसिस सेवा सञ्चालन गर्नका लागि दाताले दिएको दुई मेशिन थन्किएर बसेको छ । जर्मनीको एक दाता संस्थाले दिएको रु दुई करोड मूल्यबराबरका दुई डायलाइसिस मेशिन चिसो भुइँमा विगत ११ महिनादेखि थन्किएर बस्दा खिया लागेर बिग्रने अवस्थामा पुगेको छ । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले डायलाइसिस मेशिन सञ्चालन गर्न अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा सुधा देवकोटालाई आफू अध्यक्ष हुँदादेखि नै पटकपटक भन्दा पनि अटेर गरेर मेशिन थन्क्याएर राखेको बताए । खड्काले भने– \'म अध्यक्ष हुँदा दाता संस्थालाई गुहारेर रु दुई करोड पर्ने दुई वटा डायलाइसिस मेशिन ल्याएँ, मैले मेशिन सञ्चालनमा ल्याउन खोजेको थिएँ तर सकिनँ, अहिले पनि मैले पटकपटक ती मेशिन सञ्चालनमा ल्याउन मेसुलाई भन्दै आएको छु, तर मेशिन सञ्चालनमा आएन, अब दाता संस्थाले मेशिन नै फिर्ता लगेर अरु अस्पताललाई दिन्छु भन्दैछ ।\' दाता संस्थाले केही दिनअघि मात्रै त्यो मेशिनबाट कतिजना बिरामीले सेवा पाए भनेर सोधे पनि मेशिन सञ्चालनमा नआएको जानकारी पाएपछि मेशिन सञ्चालनमा नल्याए अर्को अस्पताललाई दिने जानकारी गराएको उनले बताए । उक्त मेशिन सञ्चालनमा आए थप रु तीन करोडबराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको दाता संस्थाबाट उक्त सहयोगसमेत नआउने अवस्थामा पुगेको खड्काको भनाइ छ । अस्पतालको चिसो भुइँमा मेशिन थन्क्याएर राख्दा खिया पर्न थालेको छ । अस्पतालका प्रशासन प्रमुख विश्वराम न्यौपानेले अस्पतालमा डायलाइसिस मेशिन आएको आफूले हल्ला मात्रै सुनेको बताए । उनले भने– \'कसले मेशिन ल्यायो, कसरी मेशिन आयो, के मेशिन हो, कुन अवस्थामा छ, सञ्चालनमा आउँछ कि आउँदैन, यसबारे मलाई केही थाहा छैन, म प्रशासन प्रमुख भए पनि मेशिन आउँदा र आएपछि पनि मलाई जानकारी गराइएको छैन, यसबारे मलाई केही थाहा छैन, मेसुलाई सोध्नुस् ।\' यसबारेमा जानकारी लिन खोज्दा अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा सुधा देवकोटा सम्पर्कमै आउनुभएन । भक्तपुर अस्पतालसँगै जोडिएको शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रमा मिर्गौलाको डायलाइसिस गर्ने बिरामीले मेशिन नपाउँदा ४०० बिरामीले नियमितरूपमा डायलाइसिस गर्न पालो कुरेर बसेका छन् । केन्द्रका केही मेशिन बिग्रिएको र बिरामीको चाप अत्यधिकरूपमा बढेपछि मेशिन अभावमा बिरामीले पालो कुर्नुपरेको छ भने सँगैको भक्तपुर अस्पतालमा भने आएको मेशिन ११ महिनादेखि थन्किएर बसेको छ । केन्द्रले उक्त मेशिन माग गर्दा पनि भक्तपुर अस्पतालकी मेसु डा देवकोटाले मेशिन पनि नदिएको र सञ्चालनमा पनि नल्याएको गुनासो बढेको छ । एउटा मेशिनले एक दिनमा आठजना बिरामीको डायलाइसिस गर्न सकिने र दुई वटा मेशिन थन्किँदा दैनिक १६ जना बिरामीले यो सेवाबाट वञ्चित हुनु परेको छ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख एवम् भक्तपुर अस्पतालका पूर्व अध्यक्ष नवराज गेलालले सक्षम नेतृत्व नहुँदा भक्तपुर अस्पतालको सेवा लथालिङ्ग भएको गुनासो चौतर्फी आएको बताए । अस्पतालमा आएको मेशिनसमेत थन्किनु नराम्रो भएको बताउँदै उनले आफू अध्यक्ष हुँदा सघन उपचार कक्ष सञ्चालन गर्न ल्याएको मेशिन वर्षौंसम्म थन्काएर राखेको र चौतर्फी दबाब दिएपछि बल्ल सघन उपचार कक्ष सञ्चालन नगरी ‘हाइकेयर युनिट’ सञ्चालनमा आएको बताए । अस्पतालका अर्का पूर्व अध्यक्ष सुरेश न्यौपानेले डायलाइसिस मेशिन खिया लाग्ने अवस्थामा पुगेको आफूले जानकारी पाएको बताउँदै अस्पतालका हालै नियुक्त अध्यक्ष र अस्पताल प्रशासनसँग उक्त मेशिनको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए । अस्पतालका अध्यक्ष मिलन सुवालले आफू आएपछि अस्पतालको बेथिति अन्त्य गर्न र थन्किएर रहेको डायलाइसिस मेशिनलाई सञ्चालन गर्ने वा सेवा प्रदायक अर्को अस्पताललाई हस्तान्तरण गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy