Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

सबै माग सम्बोधन नभएसम्म सरकारविरुद्ध कांग्रेस आन्दोलनमै

काठमाडौं । कांग्रेसले सरकारविरुद्धका आन्दोलन यथावत् राख्ने भएको छ। सरकारले मन्त्रिपरिषद् बैठकबाट गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा सञ्चालित अस्पताल संघीय सरकार मातहात राख्ने निर्णय गरे पनि कांग्रेसले आन्दोलनबाट पछि नहट्ने दाबी गरेको हो। आजको नयाँ पत्रिका दनिक्मा खबर छ - कांग्रेसले घोषणा गरेको माघ २१ को देशव्यापी विरोध प्रदर्शन सशक्त पार्ने गरी आफूहरूले तयारी गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार गरेको पत्रकार सम्मेलनमा बताए। कांग्रेसले सरकारसँग ६ बुँदे असहमतिसहित विरोध गरिरहेको र सबै विषयको सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ। सरकारले मन्त्रिपरिषद् बैठकबाट कांग्रेसले मागअनुसार दुई अस्पताल संघीय सरकार मातहात राख्ने निर्णय गरेपछि पार्टीका तर्फबाट पत्रकार सम्मेलन गरिएको हो। ‘सरकार सदनदेखि सडकसम्म जथाभावी गर्दै सरकार हिँडेको छ, यस्तो अवस्थामा हामी आन्दोलनबाट कसरी पछि हट्छौं रु ’ चिकित्सा शिक्षा विधेयकको विरोधमा डा। गोविन्द केसी २२ दिनदेखि अनशनमा रहँदा पनि सरकार मौन भएको, प्रधानमन्त्रीले विपक्षी दलका नेता नदिई संवैधानिक परिषद् बैठक गरेको, नेपाल वायुसेवा निगमले किनेका बाइडवडी प्रकरणमा भ्रष्टाचार छानबिन अघि नबढेकाले आफूहरूको आन्दोलन जारी रहने उनको भनाइ छ। ‘सरकारले अरूको कुरा सुन्न छाडेको छ। ऊ निहित स्वार्थमा अगाडि बढेको छ। कांग्रेसलाई त्यो स्वीकार्य हुँदैन।’ कांग्रेसले आफ्ना सबै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएको छ। कांग्रेसको संसदीय दलको कार्यलयमा बुधबार नै प्रमुख सचेतक बालकृष्ण खाँणले पत्रकारसँग कुरा गर्दै चिकित्सा विधेयक पास गराउने नाममा सभामुखले संसदीय मर्यादा उल्लंघन गरेको र आफैंले गरेको सम्झौताविपरीत सरकारले लागेकाले कांग्रेसको विरोध अन्त्य नहुने उनको भनाइ छ। बिहीबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा पनि कांग्रेसको विरोध जारी रहने खाँणले बताए। खाँणले सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा आफ्ना सचेतकसहितका केही नेतासँग छलफल गरेर सभामुख कृष्णबहादुर महराले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा गएका थिए। बैठकमा सत्ता पक्षले प्रमुख प्रतिपक्षीलाई पेलेर चिकित्सा शिक्षा विधेयक पारित गरेको र डा। केसीका माग सम्बोधन गर्न सरकारले तत्परता नदेखाएका कारण संसद अवरोध जारी राख्ने उनले जानकारी दिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE