माघ १७ गते, २०७५ बिहिवार 31st January, 2019 Thu१४:१८:२२ मा प्रकाशित
काठमाडौँ ।\'कान्छो छोरो सन्तोषले पाल्दै थियो, अहिले त आउँदैन, कहाँ बस्छ कहाँ\', जाडोले लुगलुग काम्दै दोलखाकी चण्डिका बोहराले दुखेसो सुनाइन् ।
कतिबेला राम्रो कुरा गर्ने र कतिबेला होस हराएजस्तो फरक प्रसङ्ग जोड्ने चण्डिकालाई छोराले छाडेको झण्डै सात महीना भएको छ । बूढानीलकण्ठस्थित सानो टहरोभित्रको एउटा कोठामा बस्ने उनी छोराले छाडेपछि कोठाभित्रै दिसापिसाब गर्दै आएकी छिन्।
कोठाको भाडा र केही खानेकुरा छिमेकी युवराज बुढाथोकीले दिन्थे। \'कुनै बेला नाङ्गै पनि हुन्थिन्, छोरो पनि आमा छाडेर कता भाग्यो थाहै भएन, त्यसपछि हेर्ने मान्छे नै नभएर मैले नै सहयोग गर्थे\', बुढाथोकीले भने ।
आज बिहान बूढानीलकण्ठस्थित उक्त टहरोभित्रको कोठामा उनी उभिएर लुगलुग काम्दै गरेको अवस्थामा थिन् । उनका अनुसार जेठो छोरो बालकोटमा बस्छन् । कान्छो छोरा सन्तोषले पाल्दै आएका थिए ।
\'कोठामा पानीको थोपो छैन, पकाएर खुवाउने मान्छे नि छैन, त्यतिकै बस्छु\', अनायासै उनले कुराहरू सुनाउँदै गइन् । \'ल जाम आमा अब हाम्रो घर\', मानवसेवा आश्रमकी अभियानकर्मी सन्तोषी मगरले भनिन् । \'जान त जानी, मेरो सामान चाहिँ लानुपर्छ है\', उनले भने । पिसाबले भिजेका सिरकडसना थियो । थोत्रो कपडामा थिन् । वर्षांैसम्म ननुहाएका कारण कपाल गुजुल्टिएर डल्लो परेको थियो ।
\'सामान पछि ल्याउँला है, अहिले हजुर चाँहि हिँड्नू, जाम\', अभियन्ता मगरको भनाइ टुङ्गिन नपाउँदै उनले जिद्दी गर्दै भनिन्, \'दुःख सास्ती गरी जोडेको सामान छोड्दा पछि हामीलाई आँशु लाग्छ, श्राप लाग्छ, कहिल्यै केहीको मुख देख्न पाइँदैन, लिएरै जानुपर्छ ।\' सामान ल्याउने शर्तमा उनी मानवसेवा आश्रममा जान तयार भइन्। “मेरो मनै बिगार्देको छ, नदेखेको शत्रु बाबु बराबर भन्छन्, कुनै कुरा मनमै नरहनी, मन थिरै नहुने हुन्छ के”, उनले गुनगुनाइन् ।
स्थानीयका अनुसार चण्डिकालाई मनोरोग लागेको १४ वर्ष भयो । रोग लागेकै कारण परिवारले उनलाई छाडे । श्रीमान्ले अर्को बिहे गरे । एकजना ठेकेदारकहाँ काम गर्थे छोरा सन्तोष । एकदिन उनकी आमा फेला पारेपछि ठेकेदारले नै सन्तोषलाई भनेर आमा छोरासँगै राखिदिएका थिए । सात महीनाअघि छोराले छाडेपछि उनी एक्लै भएकी थिइन् ।
उनको भाडा र खानेकुरा सहयोग गर्दै आएका स्थानीय बुढाथोकीलाई कति दिन यसरी राख्ने भनेर चिन्ता लाग्यो । छिमेकी गङ्गादेवी श्रेष्ठलाई सबै कुरा बताएपछि मानवसेवा आश्रमको बारेमा थाहा पाएर उद्धारको प्रयास थालिएको थियो ।
\'यही माघ ११ गते मैले आश्रममा गएर घटनाबारे जानकारी गराएँ, आश्रम उद्धारमा इच्छुक भयो\', गङ्गादेवीले भनिन्, \'यो विजोग देख्नुभन्दा उद्धार हुन पाए राम्रो हुन्थ्यो भन्ने लागेको थियो, आज उद्धार भएकोमा धेरै खुशी छु ।\' कतिबेला नाङ्गै देखेपछि आफूले नै कपडा फेरिदिने गरेको उनले बताइन् ।
आज मानवसेवा आश्रम काठमाडौँका संयोजक सुमन बर्तौला, अभियानकर्मी जमिर श्रेष्ठ र सन्तोषी मगर, समाजसेवी एवं पशु अधिकारकर्मी बीना पन्तको सहभागितामा उनलाई उद्धार गरेर बूढानीलकण्ठस्थित आश्रममा लगेर राखिएको छ ।
आश्रमले यस्ता मनोरोगी तथा घरैमा साङ्लाले बाँधिएर बस्न बध्य भएका, सडकमा बेवारिसे अवस्थामा रहेकालाई उद्धार गरेर संरक्षण गर्दै आएको छ । धेरैलाई उद्धार गरेर उपचारपश्चात् निको पारी परिवारमा पुनःस्थापित गरिएकाले उनलाई पनि पुनःस्थापितको प्रयास गरिने बर्तौलाले बताए । यसरी उद्धारमा सुरक्षाकर्मी तथा स्थानीय तहको महत्वपूर्ण सहयोग रहने गरेको उनको भनाइ छ ।
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: