Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

प्रधानमन्त्रीको सम्बोधनपछि अनशन तोडियो

लहान। विगत एक महीनादेखि हुलाकी सडकअन्तर्गत पर्ने कमला र बलान नदीको पुल निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जारी राखेको रिले अनशन तोडिएको छ । गत पुस १७ गतेदेखि सदरमुकाम सिरहास्थित महावीर चौकमा सङ्घर्ष समितिले रिले अनशन बस्दै आएको थियो । हुलाकी सडकमा पर्ने कमला र बलान पुल २०७७ वैशाखसम्ममा उद्घाटन हुने निश्चित भएकाले रिले अनशन तोडिएको सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले जानकारी दिए । शहीद हेमनारायण यादवको १५औँ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी सडकमा पर्ने कमला र बलानको पुल २०७७ वैशाख २ गते उद्घाटन गर्ने घोषणा गर्नुको साथै भौतिक योजनामन्त्री रघुवीर महासेठले समेत कुनै पनि हालतमा एक वर्षमा पुल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाले संसदीय विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काको रोहवरमा एक महीने लामो अनशन तोडिएको संयोजक यादवले बताए । कमला र बलान नदीमा गत विसं २०६८ देखि नै पुल निर्माणको काम थालिए पनि सात वर्ष बित्दासमेत निर्माणकार्य पूरा नभएको भन्दै सरकारलाई दबाब दिन सङ्घर्ष समितिले रिले अनशन, पदयात्रालगायतका दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तराई मधेशको मेरुदण्डको रुपमा मानिने हुलाकी सडकमा पर्ने कमला नदीको पुल निर्माण गर्न विसं २०६८ जेठ ३१ गते शर्मा पप्पु लुम्बिनी जेभीले रु २८ करोड १५ लाख ९७ हजारमा ठेक्का लिएको थियो । साढे तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरे पनि अहिलेसम्म काम पूरा हुनसकेको छैन । प्रधानमन्त्री ओलीलाई महासङ्घले बुझायो ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले ज्ञापनपत्र बुझाउँदै सुनकोशी –कमला डाइभर्सन सिँचाइ आयोजना सञ्चालन गर्न माग गरेको छ । शहीद हेमनारायण यादवको १५औँ स्मृतिसभामा सहभागी हुन शनिबार सिरहा आउनुभएका प्रधानमन्त्री ओलीलाई राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । सिरहासहित छिमेकी जिल्लामा सिँचाइ सुविधा पु¥याउन र कृषि क्षेत्रलाई व्यवसायीमुखी र आत्मनिर्भर बनाउनका लागि सुनकोशी–कमला डाइभर्सन सिँचाइ आयोजना गर्न ज्ञापनपत्रमा माग गरिएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल प्रदेश नं २ का अध्यक्ष मुक्तिनारायण यादवले बुझाउनुभएको सो ज्ञापनपत्रमा किसानले चिनी मिललाई बिक्री गरेको उखुको भुक्तानी नपाएकाले भुक्तानी गराउनुपर्ने, नमूना करार खेतीलाई तराई क्षेत्रका सबै स्थानीय तहमा लागू गर्ने व्यवस्था मिलाउनुपर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई साना किसानमैत्री बनाई कार्यान्वयन गर्नुपर्ने र जङ्गली जनावरबाट व्यापक बालीनालीको क्षति हुँदै आएकाले जङ्गली जनावरको नियन्त्रण गर्नुपर्ने माग गरिएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy