काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास गएकाे उनकाे सचिवालयले जनाएकाे छ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा जेनजी आन्दोलनका घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले चैत १४ गते ओलीलाई पक्राउ गरेको थियो ।
पक्राउपछि काठमाडौं प्रहरीले उनलाई सोही दिन स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । जहाँ स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।
प्रहरीले अस्पतालमै हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाएको थियो । त्यसैक्रममा ओलीपत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटपछि अदालतको परमादेशमा ओली चैत २६ गते हिरासतमुक्त भएका थिए ।
अस्पतालमै प्रहरीले ओलीलाई पत्नी राधिकाको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरेको थियो । तर, ओलीले त्यो दिन अस्पतालबाट डिस्चार्ज लिएनन् ।
त्यसअघि नै ओलीको पित्तथैलीमा पत्थरी देखिएको थियो । जसको शल्यक्रिया चैत ३० गते भएको थियो । त्यसयता ६ दिन अस्पतालमा उपचारपछि ओलीलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - १८:५९
जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...
बैशाख २६ गते, २०८३ - १८:५४
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...
बैशाख २६ गते, २०८३ - १८:५३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...
बैशाख २६ गते, २०८३ - १८:४९
चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...
बैशाख २६ गते, २०८३ - १८:४५
दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...
बैशाख २६ गते, २०८३ - १८:४३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...
बैशाख २६ गते, २०८३ - १८:४२
जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...
बैशाख २६ गते, २०८३ - १८:३६
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थप्रेरित गतिविधिले निरंकुशताको झल्को दि...
बैशाख २६ गते, २०८३ - १८:३३
काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीको तय भएको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएपछि नेपाल–भारत सम्बन्धबारे नयाँ राजनीतिक र कूटनीतिक चर्चा सुरु भ...
बैशाख २६ गते, २०८३ - १८:३०
काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा फासिवाद र लोकप्रियतावादको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन्। शनिबार आयोजित ...


प्रतिकृया लेख्नुहोस्: