Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

नेकपा सचिवालयमा एकीकरण ढिलाइबारे छलफल गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकीकरण प्रक्रियाको ढिलाइबारे सचिवालयमा छलफल गर्ने भएको छ । तीन महिनाभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको बाँकी काम साढे आठ महिनासम्म नभएपछि सोमबार डाकिएको सचिवालय बैठकमा छलफल हुने भएको हो । आजको नयाँ पत्रिका  दैनिकमा खबर छ - गत १२ पुसमा सम्पन्न स्थायी समिति बैठकबाट एकीकरणको बाँकी कामको गृहकार्य गर्न बनेको चौथो कार्यदल पनि समयसीमाभित्र प्रतिवेदन बुझाउन असफल भएपछि नेकपाले समीक्षात्मक छलफल गर्ने तयारी गरेको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान १० बजे बोलाइएको बैठकमा पार्टी र जनसंगठनको एकीकरणसम्बन्धी बाँकी काम, कार्यदलले समयभित्र प्रतिवेदन बुझाउन नसक्नुको कारण, समयसीमालगायतका एजेन्डामा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले बताए । ‘बैठकमा पार्टी र जनसंगठनको एकीकरणको बाँकी काम, एकीकरणका लागि बनेको कार्यदलको काम र कार्यदलको भविष्यबारे निर्णय गर्ने गरी छलफल हुन्छ,’ खनालले नयाँ पत्रिकासँग भने । गत ३ जेठमा तत्कालीन एमाले र माओवादीको केन्द्रीय कमिटी एकीकरण घोषणाबाट नेकपा बनेपछि एकीकरणका बाँकी सबै काम सम्पन्न गर्न चार तहका कार्यदल बनिसकेका छन् । जिल्ला र प्रदेश तहमा बनेको कार्यदलले दुवै तहका नेतृत्वको भागबन्डा र संख्या सिफारिस गरेपछि तत्कालीन पार्टीका दुई महासचिव रहेको कार्यदलले प्रदेश कमिटी सदस्यहरूको नामावली टुंगो लगाएको थियो । तत्कालीन एमाले र माओवादीमध्ये कसले कहाँ नेतृत्व गर्ने टुंगो लागे पनि प्रदेश कमिटीको नामावली र जिल्ला नेतृत्वका लागि सिफारिस नामावली विवादमा सहमति हुन नसकेपछि १२ पुसमा सम्पन्न स्थायी समिति बैठकबाट नौ सदस्यीय कार्यदल बनेको थियो । तर, सो कार्यदल पनि एकीकरणको बाँकी कामको गृहकार्य सकेर प्रतिवेदन बुझाउन असफल भएपछि सचिवालय बैठक बस्न लागेको हो । कार्यदलमा सचिवालय सदस्य रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शंकर पोखरेल छन् । तर, राजकीय मामिला र पार्टीको दोहोरो जिम्मेवारीमा रहेका नेताहरू व्यस्त बनेपछि सातपटकसम्म छोटो अवधिको बैठक बसे पनि स्थायी समितिको म्यान्डेटअनुसार कार्यदलमा छलफलै नभएको कार्यदलकै एक नेताले बताए । कार्यदललाई स्थायी समितिमा उठेको विधान परिमार्जन, प्रदेश कमिटी गठन, पार्टी एकीकरणको बाँकी काम, पोलिटब्युरो गठनदेखि केन्द्रीय सदस्यहरूको कार्यविभाजनसम्मका विषयमा गृहकार्य गर्ने जिम्मेवारी दिइएको थियो । तर, विधान परिमार्जनमा सहमति गर्नेबाहेक बाँकी मुद्दामा छलफल गर्ने गरी बैठकै नबसेपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार पुस मसान्तभित्र प्रतिवेदन बुझाउन कार्यदल असफल भएको थियो । ओली–प्रचण्ड म्याद थपको विपक्षमा समयसीमाभित्र प्रतिवेदन बुझाउन असफल भएपछि अध्यक्षद्वय ओली र प्रचण्ड कार्यदलको म्याद नथप्ने ‘मुड’मा छन् । दुवै अध्यक्ष अहिलेसम्मको छलफललाई आधार मानेर प्रतिवेदन माग्ने र सचिवालयबाटै सबै काम टुंगो लगाउने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ । बैठक तयारीका सन्दर्भमा ओली र प्रचण्डले दुई दिनयता लगातार छलफल गर्दै आएका छन् । नौ सदस्यीय सचिवालयमा वरिष्ठ नेता खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ भने स्थायी समितिले दिएको म्यान्डेटअनुसार कार्यदलले नै सबै गृहकार्य गरेपछि मात्र छलफल हुनुपर्ने पक्षमा छन् । अर्का वरिष्ठ नेता माधवकुमार नेपाल भने लाओस भ्रमणबाट मंगलबार मात्र स्वदेश फर्किंदै छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE