Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

बहराइनसँगको सम्बन्ध दरिलो बन्दै–राजदूत सुन्दास

काठमाडौँ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनको प्रतिनिधि परिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलसँग शिष्टाचार भेट गरे। भेटका अवसरमार दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको बहराइनको मनामास्थित नेपाली दूतावासले जनाएको छ । आइतबार भएको भेटमा अध्यक्ष जइनलले नेपालसँगको सम्बन्ध थप मजबुत र घनिष्ट बनाउन चाहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही अवसरमा राजदूत सुन्दासले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुर्याउन सरकारी तथा सांसद तहमा समेत द्विपक्षीय सम्बन्ध संयन्त्र बनाई अगाडि बढ्न प्रस्ताव गरे। अध्यक्ष जइनलले आगामी दिन राजनीतिक नेतृत्व तहमा सम्बन्ध विस्तार गर्न आफूले सक्दो सहयोग गर्ने बताउँदै नेपाली कामदारको सीप, लगनशीलता र इमानदारिताको प्रशंसा पनि गरे। राजदूत सुन्दासले गल्फ एयरको सिधा उडान सञ्चालन गर्न सकिए दुई देशबीचको व्यापारिक, पर्यटन तथा साँस्कृतिक सम्बन्ध थप दरिलो हुने विश्वास व्यक्त गरे । उनले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र आफ्नो व्यक्तिगततर्फबाट सभामुख जइनल बहराइनको गरिमामय ओहदामा नियुक्त हुनु भएकमा बधाई तथा शुभकामना दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE