Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

साझा स्वास्थ्य सहकारी संस्थामा अनियमितता : राष्ट्रिय सतर्कता केन्द्र

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमा अनियमितता भएको ठहर गरेको छ । औषधिको मौज्दात राख्दादेखि बिक्रीबाट प्राप्त रकम बैंकमा दाखिला गर्दासम्म अनियमितता भएको केन्द्रको निष्कर्ष छ । उसले थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिससमेत गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सहकारीको महाराजगन्ज बिक्री कक्षमा हुनुपर्नेभन्दा १३ लाख २ हजार रुपैयाँ मूल्यबराबरको औषधि कम देखिएको भन्दै त्यसमा अनियमितता भएको केन्द्रको छानबिन प्रतिवेदनमा उल्लेख छ । बिक्री कक्षमा ८ असार ०७४ मा ८१ लाख ६२ हजार रुपैयाँ मूल्यबराबरको औषधि हुनुपर्नेमा ६८ लाख ५९ हजार रुपैयाँ मूल्यको औषधि मात्र मौज्दात भेटिएको भन्दै प्रतिवेदनमा घटी मौज्दात देखिएको सम्बन्धमा तत्कालीन कार्यालय प्रमुख नीरप्रसाद काफ्लेसहितमाथि थप छानबिन हुनुपर्ने उल्लेख छ । सोही बिक्री कक्षमा २३ जेठ ०७४ देखि ७ असार ०७४ सम्म बिक्री भएको रकम ३० असार ०७५ सम्ममा ५ लाख १८ हजार रुपैयाँ दाखिला भएको देखिएकामा त्यसमा अनियमितता हुन सक्ने दाबी केन्द्रको छ । कार्यालयप्रमुख काफ्लेलाई कारबाही गर्न सिफारिस प्रतिवेदनमा तत्कालीन कार्यालयप्रमुख काफ्लेमाथि कारबाही गर्नुपर्ने उल्लेख छ । प्रहरी अस्पताल महाराजगन्जमा पनि हुनुपर्नेभन्दा कम मौज्दात भेटिएको र त्यसमा अनियमितता भएको भन्दै तत्कालीन काउन्टर प्रमुख आशुतोष अधिकारीमाथि थप छानबिन हुनुपर्ने प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनअनुसार १ साउन ०७४ देखि २२ वैशाख ०७५ सम्मको आन्तरिक लेखापरीक्षणबाट बिक्री कक्षमा २ लाख ४० हजार रुपैयाँ मूल्यबराबरको मौज्दात कम देखिएको छ । एक करोड ८ लाख पेस्की फस्र्योेट भएन कर्मचारीले विभिन्न समयमा लिएको ठूलो आकारको पेस्की रकम फस्र्योट नभएको भन्दै त्यसमा संलग्न अधिकारीमाथिसमेत कारबाही हुनुपर्ने केन्द्रले जनाइएको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष ०५३/५४ देखि विभिन्न कर्मचारीले १ करोड ८ लाख रुपैयाँ पेस्की लिएका छन् । सहकारीका दुईवटा बिक्रीकक्षको अध्ययनबाट अनियमितताका धेरै घटना देखिएकाले अन्य बिक्रीकक्षहरूमा पनि त्यस्तै कैफियत रहेको हुन सक्ने आशंका केन्द्रले गरेको छ । सतर्कताले दियो विभिन्न सुझाब वार्षिक रूपमा ठूलो परिमाणमा औषधि र सर्जिकल सामग्री खरिद तथा बिक्री गर्ने लिमिटेडमा आगामी दिनमा बोलपत्र एवं दरभाउपत्रका माध्यमबाट खरिद गर्ने प्रक्रिया अपनाउन केन्द्रले सुझाब दिएको छ । सबै बिक्रीकक्षहरूमा ‘कम्प्युटराइज्ड बिलिङ सिस्टम’ र सिसिटिभी क्यामेरा जडान गरी कारोबार पारदर्शी बनाउन पनि सुझाब दिएको छ । लिमिटेडको केन्द्रीय कार्यालयबाट कानुनबमोजिम बिक्री कक्षहरूको अनुगमन गर्नुपर्ने र विगत लामो समयदेखि बाँकी रहेको फस्र्योट हुनुपर्ने रकम फस्र्योट गर्न पनि केन्द्रले सुझाब दिएको छ । साझा स्वास्थ्य सेवाका कर्मचारी र सेयरधनीहरूको सेयर रकमसमेतमा असर पर्ने गरी गैरकानुनी भ्रष्टचारजन्य कार्य भएका उजुरीका आधारमा केन्द्रले छानबिन अघि बढाएको थियो । उक्त उजुरी सम्बन्धमा छानबिन गर्न केन्द्रले गत १८ भदौमा तीन सदस्यीय टोली गठन गरेको थियो । समितिले साझा स्वास्थ्य सेवाको केन्द्रीय कार्यालय कपन, भोटाहिटीका पसल, टिचिङ अस्पताल, महाराजगन्ज र नेपाल प्रहरी अस्पतालभित्रको औषधि बिक्री कक्षको स्थलगत निरीक्षण, केन्द्रीय कार्यालयका पदाधिकारी, कागजातलगायतको अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE