Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

चिहानघाट नहुँदा अन्त्येष्टि गर्न समस्या

बागलुङ। मृत्युपछि अन्तिम संस्कारका लागि चिहानघाट नहुँदा मुस्लिम समुदाय समस्यामा छ । चिहानघाट अभावमा शवको अन्त्येष्टि कार्य कठिन र खर्चिलो बन्ने गरेको छ । गलकोट नगरपालिकामा बस्ने २५ मुस्लिम परिवारले दशकौँदेखि यो समस्या झेल्दै आएका छन् । अन्तिम संस्कारका लागि सदरमुकाम बागलुङबजारस्थित कालीगण्डकी नदी किनारमा ल्याउनुपर्ने बाध्यता छ । चिहानघाट बनाउन जग्गा नपाइएको मुस्लिम समुदायका अगुवा रहमद हकिम मियाले बताए । “वडा र नगरपालिकामा पटक–पटक माग राख्दा पनि कुनै सुुनवाइ भएको छैन,” उनले भने, “हामीलाई साह्रै समस्या छ ।” उहाँका अनुसार अन्तिम संस्कारका लागि शव कालीगण्डकीमा ल्याउँदा हजारौँ खर्च हुन्छ । शवसहित मलामी पनि गाडीमा आउनुपर्दा बढी खर्चिलो हुने गरेको हो । सडक सुविधा नहुँदा दिनभर लगाएर बोकेर ल्याउनुपर्ने अवस्था थियो । गलकोटदेखि कालीगण्डकी नदी किनार ५० किमिको दूरीमा छ ।  जग्गाको खोजी भए पनि नपाइएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । उहाँले सार्वजनिक जग्गाको खोजी भइरहेको छ भने । चिहानघाटलाई संवेदनशील मानिने भएकाले स्थानीय समुदायलाई पनि सहमतिमा ल्याउनुपर्ने अवस्था छ । बस्तीदेखि टाढा र स्थानीयवासीले अवरोध नगर्ने ठाउँमा जग्गा व्यवस्थापनको खाँचो देखिएको छ । अन्त्येष्टिको संस्कार भिन्न भएकाले पनि चिहानघाटलाई जग्गा प्राप्त गर्न सजिलो नभएको अन्य समुदायको बुझाइ छ । बागलुङ नगरपालिका–१२ अमलाचौरबाट झण्डै ३५ वर्षअघि व्यापारको सिलसिलामा मुस्लिम परिवार गलकोट पुगेका थिए । मुस्लिम समुदायका बालबालिकाले पढ्ने मदरसा पनि समस्यामा छ । जग्गा र भवन नहुँदा छाप्रोमा मदरसा चलाउनुपर्ने बाध्यता छ । नगरपालिकाले वार्षिक रुपमा अनुदान रकम उपलब्ध गराए पनि त्यो पर्याप्त छैन । भौतिक पूर्वाधारसँगै शिक्षक व्यवस्थापनमा समेत सघाउनुपर्ने मुस्लिम समुदायको माग छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy