Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

कर्मचारी समायोजन विधेयक '२०७५’ सर्वसम्मतिले स्वीकृत

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको हो । सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्न सदनमा पेश भएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तापक्षका सांसदले राजनीति सङ्क्रमणको अन्त्य नभएसम्म कर्मचारीको व्यवस्थापन केन्द्र सरकारकै मातहतमा सञ्चालन हुनुपर्ने बताए । छलफलमा प्रतिपक्षी दलका सांसदले सदनमा प्रस्तुत विधेयकले कर्मचारीको खटनपटनलाई सङ्घबाट सञ्चालन गर्नु विकेन्द्रीकरणको विरुद्ध भएको आरोप लगाए । सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिदै–मन्त्री अधिकारीले तीन तहबीचको अन्तरसम्बन्धलाई प्रभावकारी बनाउन सङ्घबाट कर्मचारी समायोजन गर्नुपरेको जानकारी दिए । उनीहरुले ७७ हजार ३४ कर्मचारीले समायोजनमा जान रोजेको जानकारी दिँदै राजनीतिक सङ्क्रमणको अन्त्यपछि कर्मचारीको आवश्यकता, नियुक्ति तथा खटनपटन गर्न पाउने अधिकार प्रदेश तथा स्थानीय सरकारले ऐन बनाई कार्यान्वयन गर्न सक्ने बताए । विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्र्रेम सुवाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, महेश्वरजङ्ग गहतराज, सरिता गिरी, सञ्जयकुमार गौतम, दिलेन्द्रप्रसाद बडू, भरतकुमार शाह, गजेन्द्रबहादुर महत, खगराज अधिकारी, यशोदा सुवेदीलगायतले भाग लिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते अपराह्न १२ बजे बस्नेछ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending