Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

भेनेजुएलाको सेनालाई ट्रम्पकाे आग्रह- मदुरोको साथ छोड

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनालाई सिधै एउटा आग्रह गर्दै राष्ट्रपति निकोलस मदुरोको साथ छाड्न भनेका छन्। मिआमीमा धेरैजसो क्युवा र भेनेजुएलाका आप्रवासीहरु जुटेको सभामा बोल्दै ट्रम्पले मदुरोलाई साथ दिनेहरुमाथि पूरा विश्वको ध्यान रहेको बताए। उनले त्यसलाई निरन्तरता दिएर आफ्नो ज्यान र भविष्य जोखिममा नपार्न आग्रह पनि गरे। ट्रम्पले त्यहाँका सेनालाई लक्षित गर्दै भनेका छन्, मदुरोलाई गरिरहेको समर्थन नछाडेमा उनीहरुले अन्तिममा कुनै सुरक्षित बाटो पाउने छैनन्। अर्को कुनै बाटो नै छैन। ट्रम्पले आफ्नो सबथोक गुमाउने जोखिम नउठाउनु भेनेजुएलाको सेनालाई चेतावनी पनि दिए। ट्रम्पको उक्त भनाइ आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता ग्वाइदोप्रति सरकारी अधिकारीको विश्वाश र साथ बढाउने एउटा नयाँ कदम मानिएको छ। ग्वाइदोलाई अमेरिका लगायत दर्जनौं देशले अन्तरिम राष्ट्रपतिका रुपमा स्वीकार गरेका छन्। उनले सम्बोधन गरेको क्षेत्र भेनेजुएलाबाट पुगेका दशौं हजार आप्रवासीहरुको क्षेत्र हो। तीमध्ये धेरैजसो मदुरो र उनका पूर्ववर्तीको चपेटामा परेको बताउँछन् र ग्वाइदोप्रति उच्च समर्थन एवम् सद्भाव राख्छन्। फ्लोरिडामा समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, अमेरिकाले भनेजुएलामा अर्को चुनावसम्मको संक्रमण शान्तिपूर्ण होस् भन्ने चाहेको छ। उनले अन्य सबै विकल्पहरु समेत खुला रहेको बताए। राष्ट्रपति मदुरोले मानवीय सहायता अमेरिकी अतिक्रमण ढाक्न भएकोु भन्दै त्यसलाई देशभित्र छिर्न नदिने बताउँदै आएका छन्। ट्रम्पले त्यहाँ भेनेजुएलाको सरकारलाई असफल तानाशाहीको संज्ञा दिँदै आलोचना गरेका थिए। उनले मदुरोलाई क्युबाको कठपुतली भन्दै उनको ुसत्तामा रहेका सीमित व्यक्तिहरुले राज्यको सम्पत्ति चोरेर अन्यत्र लुकाएकोु आरोप लगाए।ट्रम्पको यस्तो भनाईले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि थप दबाब बढ्ने ठानिएको छ। तर मदुरो बढ्दो अन्तर्राष्ट्रिय दबाबका बीच पनि सत्ता छाड्ने वा नयाँ निर्वाचन गराउने दुवै विकल्प रोज्न तयार देखिंदैनन्। सेनालाई चेतावनी विपक्षी नेता ग्वाइदोले समेत एक महिनायता सेनालाई नयाँ चुनाव र संक्रमणकालीन सरकारलाई साथ दिन आग्रह गरिरहेका छन्। कोलम्बियाको सीमा शहर कुकुटा पुगेको अमेरिका तथा अन्य देशहरुले पठाएका मानवीय सहायता शनिवारसम्म देश भित्र्याएर बाँड्न लाखौं स्वयम्‌सेवक परिचालन गर्ने बताइएको छ। तर त्यसको समन्वय गरिरहेका इन्टरनेट सामग्रीहरु त्यहाँको सेवा प्रदायकले बन्द गरिदिएको छ। राष्ट्रपति मदुरोले त्यस्तो सहायता ुअमेरिकी अतिक्रमण ढाक्न भएकोु भन्दै त्यसलाई देशभित्र छिर्न नदिने बताउँदै आएका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy