Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

तातोपानी नाका वैशाखदेखि खुल्ने सम्झौता

चीनलाई सुरक्षा मुख्य सरोकार काठमाडौ । सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धतापछि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको स्रोतले जनाएको छ । आवश्यक कार्यालय स्थापना र संरचना निर्माण चैतसम्ममा सक्ने सरकारको तयारी छ । यो नाका २०७२ वैशाख १२ को भूकम्पपछि बन्द छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला गत असारमा आवश्यक पूर्वाधार निर्माण गरी नाका खोल्ने सम्झौता भएको थियो । आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - त्यही सम्झौताका आधारमा अर्थ मन्त्रालयले कार्ययोजना बनाई विभिन्न मन्त्रालयसँग समन्वय गरिरहेको छ । चीनले नेपालसँग सुरक्षा प्रत्याभूति खोजेको छ । ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहे पनि नेपालका कतिपय स्थानमा चीनविरोधी गतिविधि भइरहेको चिनियाँ पक्षको बुझाइ छ । तातोपानी क्षेत्रमा भूकम्पबाट भत्किएका घरका भग्नावशेष हटाउँदा तिब्बतबाट निर्वासित धार्मिक नेता दलाई लामाका तस्बिर र पुस्तक भेटिएका थिए । त्यसपछि चीन त्यहाँको सुरक्षा अवस्थाबाट सशंकित हुँदै आएको छ । भौतिक पूर्वाधारलाई समस्या देखाए पनि सुरक्षा मुख्य सरोकार भएको जानकार बताउँछन् । द्विपक्षीय बैठकमा पनि चिनियाँ पक्षले सुरक्षाको विषयलाई महत्त्व दिँदै आएको छ । भूकम्पपछि त्यहाँका अधिकांश सरकारी कार्यालय विस्थापित भएका थिए । चीन सरकारले भौतिक पूर्वाधार र सुरक्षा अभाव देखाउँदै नाका खोल्न आनाकानी गर्दै आएको थियो । नाका क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने सिन्धुपाल्चोककी निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेको भनाइ छ । ‘हामीले त्यस क्षेत्रमा सुरक्षा मजबुत बनाएका छौं’, प्रजिअ बन्जाडेले अन्नपूर्णसँग भनिन्, ‘अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ ।’ अर्थ मन्त्रालयले गृह, कृषि, सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रहरी, अध्यागमन, दूरसञ्चार कम्पनी, सिन्धुपाल्चोकस्थित प्रशासन र सडक विभागसँग समन्वय गरिरहेको छ । उसले यी निकायलाई छिटोभन्दा छिटो जिम्मेवारी पूरा गर्न ताकेता गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फागुनभित्र मितेरी पुलबाट लार्चासम्मको बाटोमा अनावश्यक संरचना हटाउन सडक विभागलाई निर्देशन दिएको छ । मन्त्री रघुवीर महासेठ केही समयअघि नाका क्षेत्रको स्थलगत अनुगमन गरेका थिए । कार्ययोजनाअनुसार क्वारेन्टाइन, बैंक र अध्यागमन कार्यालय चैतभित्र स्थापना हुनुपर्नेछ । अध्यागमन विभागले पनि कार्यालय स्थापना गरी कर्मचारी पठाउने तयारी गरेको छ । अर्थले मालवस्तु जाँचपास, यात्रु जाँचपास र ढुवानी प्रक्रिया निर्धाण गर्न भन्सार विभागलाई निर्देशन दिएको छ । तातापानी भन्सार कार्यालयमा दरबन्दी अपुग छ । थप तीन जना भन्सार अधिकृत, १० नासु र ५ कार्यालय सहयोगी पठाइने भएको छ । नाकामा इन्टरनेट सुविधा पु¥याउन, चेकपोस्ट स्थापना, बन्दरगाहमा खटिने कर्मचारीका लागि आवासगृहको व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको कार्ययोजनामा उल्लेख छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE