Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

समय समयमा प्रोष्टेट परीक्षण गर्न पुरूषहरूलाइ विज्ञको सुझाव

चितवन। समय समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञहरूले सुझाव दिएका छन् । उमेर छिप्पिदै जाँदा पुरुषमा देखापर्ने यो रोग समयमै परीक्षण गर्न सके दीर्घकालीन समस्याबाट मुक्त हुन सकिन्छ । प्रोष्टेट पुरुषमा जन्मदेखि नै हुने अङ्ग हो । पिसाब नली र पिसाबथैलीको बीचमा प्रोष्टेट हुन्छ ।

उमेरअनुसार प्रोष्टेट बढ्दै जाने र एक्काइस।बाइस बर्षमा वर्षमा २१/२२ ग्रामकै प्रोष्टेट हुने बताउँदै वरिष्ठ मूत्ररोग विशेषज्ञ (युरोलोजिष्ट) डा निर्मल लामिछानेले वर्षेनी एक दशमलव दुई ग्रामका दरले बढ्दै जाने र कपाल फुल्न थालेपछि यो ग्रन्थीको आकार ५०/५५ ग्रामसम्म पुग्छ । अनि त्यसले केही समस्या दिने बताए ।

यसको मुख्य लक्ष्यणमा पिसाब ननिख्रेजस्तो हुने, पिसाबको धारो काटिएर जाने, पिसाब गर्न पेटको बलले कनेर निकाल्नुपर्ने, रातको समयमा दुई चार पटक पिसाब फेर्न उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न गाह्रो हुने, दिउँसोमा पनि धेरै पिसाब लाग्नेलगायत छन् ।

यसैगरी पिसाबमा सङ्क्रमण हुने, कहिलेकाहीँ पिसाब फर्केर मिर्गौलासम्म पुग्ने, कम्मर दुख्नेजस्ता समस्या पनि देखिने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशकसमेत रहेका डा लामिछानेले बताए ।
प्रोष्टेट बढे नबढेकोको आफैँले छामेर पनि पत्ता लगाउन सकिने सकिन्छ भने पिसाबको परीक्षण गरेर, भिडियो एक्सरे गरेर, पिसाबको गति नापेर पनि यसको अवस्था पत्ता लगाउन सकिने उनको भनाइ थियो ।

प्रोष्टेटले पिसाब रोकेमा औषधिको माध्यमबाट नरम र सानो बनाउन सकिने र कतिपयमा औषधिले काम नगरेमा शल्यक्रिया गरेर ग्रन्थी हटाउनु पर्ने भएकाले यस्ता समस्या देखिए तत्कालै चिकित्सकसँग परामर्श गर्न डा लामिछानेले सुझाव दिए ।

उनका अनुसार प्रोष्टेटको क्यान्सर भएर पनि ग्रन्थी बढ्ने गर्दछ । यस्तो अवस्थामा चिकित्सकले ग्रन्थी छामेर र रगत परीक्षण गरेर क्यान्सर पत्ता लगाउन सक्ने भएकाले उमेरसँगै प्रोष्टेटको परीक्षण गराउनुपर्छ । विकसित मुलुकमा समय समयमा यस्तो परीक्षण गरिने हुँदा समस्या कम हुन्छ तर हाम्रोजस्तो मुलुकमा पिसाब बन्द भएपछि मात्रै उपचार गर्न आउने हुँदा समस्या जटिल हुने गरेको जानकारी दिँदै उनले लक्षण देखिनासाथ उपचारका लागि आएमा सहज हुन्छ तर अन्तिम अवस्थामा आउँदा बिरामीले बढी पीडा व्यहोर्नुपर्ने बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending