काठमाडौं । यसपटकको महाशिवरात्रीमा १० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा पशुपति क्षेत्र विकास कोषले गरेको छ। महाशिवरात्री सोमबार परेको छ। कोषका सदस्यसचिव डा. प्रदीप ढकालले महाशिवरात्रीमा १० लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको बताए। उनले भने, ‘हामीले सहजै दर्शन गराउने व्यवस्था मिलाएका छौं। विशेष पासको व्यवस्था छैन। ज्येष्ठ नागरिकलाई स्वयंसेवकको सहयोगमा पशुपतिनाथको दर्शन गराइनेछ।’
आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - बिहान तीन बजे मूल मन्दिरको तीनवटा ढोका खुल्नेछ। यस्तै भक्तजनलाई पशुपतिनाथ दर्शनका लागि चार बजे खुला गरिने कोषको तयारी छ। पशुपतिनाथको दर्शन गर्न उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाइनको व्यवस्था मिलाइएको छ। पार्किङ स्थल सिफल, तिलगंगा र कोषको कार्यालय परिसरमा तोकिएको छ।
पशुपतिनाथ मन्दिरको उत्तर ढोकाबाट दर्शन गर्न प्रवेश गरेका दर्शनार्र्थीलाई पश्चिम ढोकाबाट, पश्चिम ढोकाबाट दर्शन गर्न जानेलाई दक्षिण, दक्षिण ढोकाबाट दर्शन गर्नेलाई दक्षिण र उत्तर ढोकाबाट दर्शन गर्ने दर्शनार्थीलाई पश्चिम ढोकाबाट फर्काउने व्यवस्था मिलाइएको ढकालले बताए।
महाशिवरात्री पर्व मनाउन नेपाल र भारतका थुप्रै साधुसन्त र नागाबाबा पशुपति क्षेत्रमा आएका छन्। चाबहिल–गौशाला, तिलगंगा–गौशाला, पुरानो बानेश्वर–गौशाला रुटमा चल्ने सबै सवारी निषेध गरिएको कोषले जनाएको छ। कोषले पाशुपत क्षेत्रमा गाँजा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको दाबी गरेको छ। सदस्यसचिव ढकालले भने, ‘गाँजा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाउँछौं। साधुसन्तले सेवन गर्न पाउनेछन्। तर बिक्री गरेमा उनीहरूमाथि पनि कारबाही गर्छौं।’
आठ हजार सुरक्षाकर्मी परिचालन
पाशुपत क्षेत्रमा कुनै पनि खालका अपराध हुन नदिन आठ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चारवटै सुरक्षा निकाय पाशुपत क्षेत्रमा खटिएका छन्। नेपाल प्रहरीका पाँच हजार, सशस्त्रका दुई हजार र बाँकी सेना र विभागका सुरक्षाकर्मी खटिएका छन्।
प्रहरी उपरीक्षकको कमान्डमा सुरक्षाकर्मी खटिने जानकारी महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाले दिए। उनले भने, ‘कोष र सुरक्षा निकायको एउटै कमान्ड पोस्ट रहनेछ। सादा पोसाकमा छ्यापछ्याप्ती सुरक्षाकर्मी परिचालन गरिनेछ।’
उनले गाँजा सेवन भन्दा पनि बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सुरक्षा निकाय केन्द्रित हुने बताए। साधुसन्तबाहेक अन्यले गाँजा सेवन गरेको देखिएमा प्रहरीले शरीर खानतलासी गर्नेछ। परिसर र महानगरीय अपराध पाशुपत क्षेत्रमा कोष र महानगरीय प्रहरी कार्यालय रानीपाखेरीको संयुक्त २६ वटा सीसीटीभी राखिएको छ। सीसीटीभी दर्शनार्थीको घुँइचो लाग्ने स्थानमा केन्द्रित छन्। रुद्रगाढेश्वर, वनकाली, सत्यरूपा मन्दिर परिसर, राममन्दिर क्षेत्रमा गाँजा सेवन गर्नेको घुइँचो लाग्ने भएकाले ती स्थानमा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
यी स्थानमा गाडी निषेध
– चाबहिलबाट गौशाला
– पुरानो बानेश्वरबाट गौशाला
– रातोपुल हुँदै गौशाला
– द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग
– सिफल चौरदेखि जयवागेश्वरी
– लामपोखरी कुटुबहालबाट मित्रपार्र्क
– गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क
– तिलगंगाबाट गौशाला
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: