काठमाडौँ । देशभरका ७५३ स्थानीय तहमध्ये ९३ ले नाम तथा केन्द्र परिवर्तन गरेका छन् । १७ तहले केन्द्र नचलाई नाम मात्रै फेरेका छन्, ५५ तहले नाम यथावत् राखी केन्द्र मात्रै सारेका छन् । २१ तहले भने नाम र केन्द्र दुवै परिवर्तन गरेका छन् । २२ पुस ०७३ मा स्थानीय तह पुनर्संरचना आयोगले देशभर ७ सय १९ तह हुने गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, सरकारले पटकपटक थपेर स्थानीय तहको संख्या ७ सय ५३ बनाएको थियो । ८७ गाउँपालिका, १ महानगर, एक उपमहानगर र चार नगरपालिकाले परिवर्तनको निर्णय गरेका हुन् । तीर्थराज बस्नेतको रिपोर्ट :
केन्द्र फेर्नेमा गाउँपालिका धेरै
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - केन्द्र(सदरमुकाम) फेर्नेमा भौगोलिक रूपमा विकट मानिएका र विकासका हिसाबले पछाडि रहेका स्थानीय तह बढी छन् । केन्द्र सार्ने ५५ स्थानीय तहमध्ये ५४ वटा गाउँपालिका छन् । नगरपालिकामा डोल्पाको ठूलीभेरीले मात्रै केन्द्र परिवर्तन गरेको छ । भौगोलिक सन्तुलन मिलाउन र स्थानीयलाई पायक पार्न दुनैमा रहेको केन्द्रलाई जुफाल सारिएको छ ।
महानगर र उपमहानगरले पनि फेरे नाम
महानगर र उपमहानगरपालिकाले पनि नाम फेरेका छन् । साबिकको पोखरा–लेखनाथ महानगरपालिकाले नाम परिवर्तन गरेर पोखरा महानगरपालिका बनाएको छ । त्यस्तै, जनकपुर उपमहानगरपालिकाले आफ्नो नाम जनकपुरधाम बनाएको छ । सुनसरीको बराह नगरपालिकाले बराहक्षेत्र नाम कायम गर्दा खोटाङको रूपाकोट मझुवागढी नगरपालिकाले नाम परिवर्तन गरी दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका बनाएको छ । नाम परिवर्तन गर्ने १७ स्थानीय तहमध्ये १३ वटा भने गाउँपालिका छन् ।
एउटा नगरपालिकाले नाम र केन्द्र दुवै फेर्यो
नाम र केन्द्र दुवै फेर्ने २१ स्थानीय तहमध्ये २० वटा गाउँपालिका छन् भने नगरपालिका एउटा मात्र छ । जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाले नाम परिवर्तन गरी नलगाड नगरपालिका बनाएको छ भने खगेनकोट मन्मैमा रहेको केन्द्र दल्लीमा सारेको छ ।
यस्तो छ नाम र केन्द्र फेर्ने प्रक्रिया
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ अनुसार स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गर्न सक्छ । ऐनअनुसार गाउँ, नगरसभाको बैठकले नाम र केन्द्र परिवर्तन गर्न दुईतिहाइले पारित गरेको प्रस्ताव प्रदेश सरकारसमक्ष पेस गर्नुपर्छ । प्रदेश सरकारले संघीय मामिला मन्त्रालयमा पठाउँछ । मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउँछ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: