Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

फेसबुक दुरूपयोगका घटना बढ्दै

काठमाडौं । राजधानीको एउटा कलेजमा स्नातक तह अध्ययनरत एक युवती शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा छट्पटाउँदै थिइन्। फेसबुक म्यासेन्जरमा उनका पूर्व ब्वाइफ्रेन्डले पठाएको सन्देश ज्यादै उच्छृंखल थियो।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - सुरुमा दुवैबीच राजीखुसीमा शारीरिक सम्पर्क भयो । युवकको आर्थिक स्थिति बुझेपछि उनले परिवारकै सल्लाहमा अर्को युवकसँग बिहे गरिन्। बिहे भएको केही दिनमै उनका पतिको फेसबुक म्यासेन्जरमा पूर्वप्रेमीले पहिलेका शारीरिक सम्पर्कका तस्बिर पठाए। दैनिकजसो म्यासेन्जरमा उत्छृंखल फोटो आउन थालेपछि पतिसहित उनले प्रहरी गुहारे। प्रहरीले पूर्वप्रेमीलाई पक्राउ गर्‍यो। उनी प्रहरीसँग भन्दै थिए, ‘मलाई छाडेर अर्कैसँग बिहे गरेपछि रिस थाम्न नसकेर फोटो पठाएको हुँ।’ प्रहरीले ती युवकलाई विद्युतीय अपराधमा मुद्दा दर्ता गर्न परिसर पठाएको छ।

गएको महिना अर्को घटना महाशाखामा आयो। कीर्तिपुरमा डेरा बस्ने २२ बर्से युवक पूर्वप्रेमिकाबाट पीडित थिए। एक युवतीसँग फेसबुकमै उनको चिनजान भयो। युवती राजधानीको एउटा एजुकेसन कन्सल्टेन्सीमा काम गर्थिन्। दुवै कहिले गोदावरी त कहिले थानकोट पार्क घुम्न गए। उनको डेरामा शारीरिक सम्पर्क पनि भयो। दुवैले सहमतिमै यौन क्रियाकलापका फोटो खिचेका थिए।

युवकले अर्कैसँग विवाह गरे। त्यसको एक सातापछि प्रेमिकाले उनीसहित पत्नीको फेसबुकमा पहिलेका नग्न तस्बिर पठाइन्। दम्पती प्रहरीमा पुगे। प्रहरीले ती युवतीलाई पक्राउ गर्‍यो। उनको एउट मात्र गुनासो थियो। बिहेपछि पनि युवकले उनलाई बिहे गर्छु भन्दै डाँटेर बारम्बार यौन सम्पर्क राखेपछि तस्बिर पठाएको बताइन्। गोपनीयताका लागि मुद्दामामिला नगर्ने बताएपछि प्रहरीले उनीहरूलाई सम्झाइबुझाइ गरेर छाड्यो।

सीआईबी र महाशाखामा यस वर्ष माघसम्म परेका उजुरीमध्ये फेसबुकका २५३, यूट्युबका १९, अनलाइन वेबपेजका १०, इमोका ९, इन्स्टाग्रामका १० र ट्विटरका ३ छन्।

महाशाखामा परेका उजुरीमध्ये यी दुई घटना फेसबुक दुरूपयोगका प्रतिनिधि मात्र हुन्। कलेज ड्रेसमै दैनिक ७–१० युवायुवती फेसबुक दुरूपयोगका उजुरी गर्न महाशाखा पुग्छन्। महाशाखामा दर्ता भएकामध्ये अधिकांश उजुरीमा १६ देखि २५ वर्ष उमेर समूहका युवा संलग्न छन्। फेसबुक र म्यासेन्जरमार्फत नग्न र अर्धनग्न तस्बिर साटासाट गर्ने, उत्छृंखल सन्देश पठाउने घटना पछिल्ला दिन बढेका छन्।

साइबर ब्युरो स्थापना भए पनि महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देशभरिका साइबर अपराध हेर्दै आएका छन्। महाशाखाका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पछिल्ला दिन फेसबुक दुरूपयोगका घटना अनुसन्धान प्रहरीका लागि टाउकोदुखाइ बनेको छ। ‘धेरै उजुरी आउँछन्, समातेर ल्याउँदा सहमतिमै भएको देखिन्छ। कानुनले मिल्नेसम्म मुद्दा चलाउन परिसर पठाउँछौं।’ फेसबुकको सम्पर्क कार्यालय यहाँ नभएकाले आयरल्यान्डस्थित अन्तर्राष्ट्रिय मुख्यालयमा मेल पठाएर पनि धेरै समस्या समाधान गर्दै आएको उनी बताउँछन्।

महानगरीय प्रहरी परिसर टेकुका मुद्दा शाखा प्रमुख डीएसपी मोहन थापा भन्छन्, ‘सम्बन्ध राम्रो हुँदा सँगै बसेको नग्न तस्बिर र भिडियो खिच्ने र ब्रेकअप भएपछि फेसबुक म्यासेन्जरमा पठाएर बेइज्जत गरिदिने घटना बढ्दो छ।’ उनका अनुसार यस्ता घटनामा पीडित हुनेमा अधिकांश युवती छन्।

व्यक्तिगत रिसइबीका आधारमा पनि ‘फलानो ठग हो, भ्रष्टाचारी हो’ भन्दै सामाजिक बेइज्जति हुने गरि फेसबुकमा पोस्ट गरेको उजुरी पनि दर्ता भएका छन्। ‘धेरैजसो अश्लील सामग्रीकै विषय लिएर आउँछन्’, उनले भने, ‘सुरुमा ब्वाइफ्रेन्डलाई फेसबुकको पासवर्ड दिने र पछि केटाले नै अश्लील सामग्री युवतीको फेसबुकमा पठाएर पीडित बनाउने गरेका घटना छन्।’

सीआईबी र महाशाखामा यस वर्ष माघसम्म ९ सय ७० यस्ता उजुरी परेका छन्। जसमध्ये फेसबुकसँग सम्बन्धित २ सय ५३, यूट्युबसम्बन्धी १९, अनलाइन वेबपेजसम्बन्धी १०, इमोका ९, इन्स्टाग्रामसम्बन्धी १०, ट्विटरसम्बन्धी ३ र बाँकी अन्य घटना छन्। यीमध्ये ४२ को मुद्दा चलाउन महाशाखाले परिसर पठाएको छ। सीआईबीले आफैं मुद्दा चलाउँछ। विद्युतीय कारोबार अपराध तथा सजाय ऐन २०६३ अनुसार कसुर ठहरिएमा ५ वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। प्रहरी प्रधान कार्यालयका अनुसार ०७४÷७५ मा साइबर अपराधसम्बन्धी १ हजार ४ सय ८२ उजुरी परेका थिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE