Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

गाईपालनमा चिनियाँ सहयोगको विरोध

काठमाडौं । नेपालको गाईपालन क्षेत्रमा प्रवेश गरेको चिनियाँ मेगा परियोजनाको मुलुकभित्र चर्को विरोध भएको छ। नेपालमा ‘डेरीको विकासमार्फत ग्रामीण गरिबी निवारण’ परियोजना भित्रिएको छ। परियोजना कार्यान्वयनमा आए स्वदेशी किसानको आयस्रोतको बाटो बन्द हुने भन्दै विभिन्न क्षेत्रबाट विरोध हुन थालेको छ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी केन्द्रीय दुग्ध सहकारी संघले परियोजना कुनै पनि सर्तमा प्रवेश गर्न दिन नहुने धारणा प्रस्ट पारेको छ। संघले चिनियाँ लगानीको गाईको प्रवेश, कृषिको प्राथमिक तहमा वैदेशिक लगानी र बहुराष्ट्रिय कम्पनीको प्रवेशका विषयलाई तत्कालै सुधार नगरे देशभरका दुग्ध किसान र दुग्ध सहकारी सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ। संघका अध्यक्ष नारायण देवकोटाले ठूलो आर्थिक चलखेलका आधारमा प्रदेश सरकारले मिलोमतो गरी नेपाली किसानको आयस्रोत खोस्न यो परियोजना भिœयाइएको दाबी गरे।

चिनियाँ सरकार स्वामित्वको कृषि यान्त्रीकरण विज्ञान प्रतिष्ठान (केम्स) र केम्सको भातृ संगठन चिनियाँ सीएमसी इन्जिनियरिङको सहकार्यमा प्रादेशिक सरकारको प्रत्यक्ष संलग्नतामा ३२ अर्ब रुपैयाँबराबरको यो परियोजना नेपालमा भित्रिएको हो। परियोजनाअन्तर्गत चीनबाट उन्नत जातको बाच्छी ल्याएर नेपालमा उन्नत जातको वीर्य उत्पादन गर्ने र थप बाच्छी जन्माएर दूध उत्पादन गरी यो क्षेत्रमा ‘कायापलट’ गर्ने दाबी गरिएको छ।

परियोजना सञ्चालनका लागि प्रदेश नम्बर २, ३ र ४ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयसँग द्विपक्षीय सम्झौता भइसकेको छ। प्रदेश ५ र ६ मा पनि परियोजना सञ्चालन गर्ने विषयमा प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्न थालेको छ।

तर प्रादेशिक सरकारहरूले परियोजना ल्याउनुअघिसम्म नेपालका पशुपालक किसान, दुग्ध सहकारी र संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल नै गरेका छैनन्।

‘परियोजनाका विषयमा प्रादेशिक सरकारले संघीय मन्त्रालयसँग कुनै छलफल गरेका छैनन्,’ संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा. प्रदीपचन्द्र भट्टराईले भने, ‘पशुपालक किसान, दुग्ध सहकारी र संघीय मन्त्रालयसँग छलफल भएको भए राम्रो हुन्थ्यो।’

संघका अनुसार यसअघि पनि विभिन्न समयमा नेपालमा विदेशबाट उन्नत जातको गाई र दूध दिने बाख्रा आयात गरिएको थियो। तर नेपाली भूगोल र मौसम सुहाउँदो नभएर अधिकांश मरेका थिए। नेपालकै गाईलाई पर्याप्त परिमाणमा उन्नत खालको चरन दिनसके पर्याप्त परिमाणमा दूध दिन सक्षम रहेको देवकोटाले बताए।

केम्सले डेरी क्षेत्रमा केन्द्रित हुने गरी तीन वर्षका लागि आयोजना कार्यान्वयनमा ल्याउँदैछ। दुई चरणमा सञ्चालन हुने कार्यक्रमका लागि करिब ३२ अर्ब रुपैयाँ छुट्ट्याइएको छ। यसअनुसार पहिलो चरणमा १७ अर्ब ९६ करोड र दोस्रो चरणमा १४ अर्ब तीन करोड ९८ लाख रुपैयाँ छुट्ट्याइएको छ।

प्रदेश २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. वंशी शर्माले परियोजना सञ्चालन हुनुअघि नै विरोध गर्न नहुने बताए। उनले भने, ‘परियोजनाले न नेपाली किसानको आयस्रोतमाथि कब्जा गर्छ, न स्वदेशी डेरी उद्योग धराशयी बनाउँछ।’ प्रदेश ४ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले परियोजनाको विषयमा किसान र सरोकारवाला निकायसँग छलफल गर्नुको औचित्य नभएको बताए।

annapurna post

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE