Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

स्वास्थ्य केन्द्र भवनमा गाईगोठ : सवा करोडको भवनमा घाँस थन्क्याएर भाडाका कोठामा बिरामीको उपचार

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा बनेको स्वास्थ्य केन्द्र भवन चार वर्षदेखि गाईगोठका रूपमा प्रयोग हुँदै आएको छ । स्थानीय सावित्री न्यौपानेले भवन आफ्नो जमिनमा बनेको भन्दै ताला लगाएकी छिन् । त्यहाँ उनले गाईगोरु बाँध्ने, घाँसपराल थन्क्याउने गर्दै आएकी छन् । राज्यकोषको करोडौँ रुपैयाँ खर्चिएर बनाइएको भवनको खुलेआम दुरुपयोग हुँदा पनि संरक्षणका लागि कसैले चासो दिएको छैन । सो भवन तीन वर्ष लगाएर ०७१ मा १ करोड १५ लाख (भ्याटबाहेक) खर्चमा बनाइएको थियो । तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले भवन उद्घाटन गरेका थिए ।

स्वास्थ्यचौकीबारे यस्तो विवाद
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - झौखेलमा ०६८ अघि उपस्वास्थ्य चौकी मात्रै थियो । त्यसलाई स्तरोन्नति गरिने भएपछि सबैलाई पायक पर्ने गाविस कार्यालयसँगै राख्नुपर्ने माग गरियो । साबिकको स्वास्थ्य चौकी रहेको क्षेत्रका बासिन्दाले पनि पुरानै ठाउँमा हुनुपर्ने माग गरे । ‘अदालतमा मुद्दा प-यो र पहिलेकै स्थानमा भवन बनाउने आदेश भयो,’ चाँगुनारायण–३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल भन्छन्, ‘त्यसपछि नगरपालिकामा पहल गरेर यहाँ वडा स्वास्थ्य केन्द्र चलाइयो ।’

वडाध्यक्षले तिर्छन् भाडा
नयाँ भवन गोठका रूपमा प्रयोग भइरहँदा वडा स्वास्थ्य केन्द्रचाहिँ नजिकै भाडामा लिइएका साँघुरा दुइटा कोठामा सञ्चालन गरिएको छ । स्वास्थ्य केन्द्रमा न बिरामी बस्ने ठाउँ पर्याप्त छ, न त कुरुवा बस्ने । सामान्य उपचार लिन पनि स्थानीयलाई सास्ती छ । भवन नहुँदा सेवा दिन समस्या परेको स्वास्थ्य केन्द्रका अहेव विष्णु भट्टले बताए । यहाँ स्वास्थ्यकर्मी अन्यत्रबाट काजमा खटाइएको छ भने औषधि नगरपालिकाले व्यवस्थापन गरिरहेको छ ।

यी दुई कोठाको मासिक ४ हजार रुपैयाँ भाडा आफूले तिर्ने गरेको वडाध्यक्ष धिमालले बताए । वैशाखबाट खुलेको स्वास्थ्य केन्द्रमा अहिले तीनजना अहेब, एक अनमि र एक कार्यालय सहयोगी कार्यरत छन् । यहाँ हालसम्म करिब सात हजार पाँच सयले सेवा लिइसकेका अहेव भट्टले बताए । नजिकैको झौखेल स्वास्थ्य चौकीको हालत पनि उही छ । पर्याप्त कोठा छैनन्, औषधि र उपकरणको अभाव छ ।

व्यक्तिको जग्गामा यसरी बन्यो सरकारी भवन

०६७ मा झौखेलमा स्वास्थ्य केन्द्र भवन निर्माण हुने भयो । स्थानीयले गाविस भवननजिकैको सरकारी जग्गामा भवन बनाउन प्रस्ताव गरे । त्यहाँ पुरानो सरकारी भवन नै थियो । सो भवन भत्काएर त्यहीँ नयाँ भवन बनाउने भनियो । तर, जग्गा पुगेन । सरकारी जग्गामा भवन नबन्ने भएपछि स्थानीय १४ परिवारले सँगैको करिब २८ रोपनी जग्गा प्लटिङको योजना बनाए ।

उनीहरूले रामेश्वर थापाको अध्यक्षतामा जग्गा व्यवस्थापन समिति गठन गरे र तत्काल स्वास्थ्य भवन बनाउन सावित्री न्यौपानेले १० आना जग्गा दिने सहमति गरे । भित्री जग्गामा सडक पुग्ने र नजिकै स्वास्थ्य भवन पनि बन्ने भएपछि प्लटिङ गर्दा सबैले करिब १७ प्रतिशत जग्गा कटौती गरी उपलब्ध गराउने करारनामा स्थानीयले गरे ।
स्थानीयको यस्तो सहमतिमा न्यौपानेले विश्वास गरिनन् । त्यसपछि छिमेकी गंगा लम्सालले साढे ८ आना जग्गा पुनः सावित्रीकै नाममा गरिदिइन् । २९ जेठ ०६८ मा भवन बनाउन न्यौपानेले तत्कालीन झौखेल गाविसका नाममा १० आना जग्गा दिइन् । भवन बन्दै जाँदा कम्पाउन्डका लागि थप जग्गा आवश्यक प¥यो । गाउँलेको सहमतिमा न्यौपानेले बाँकी जमिन पनि प्रयोग गर्न दिइन् ।

१६ आनाभन्दा जग्गामा भवन बनेको दाबी न्यौपानेको छ । सावित्रीका श्रीमान् नवराज न्यौपाने भन्छन्, ‘त्यसमध्ये १० आना जमिन मात्रै सरकारको हो, बाँकी जमिन नपाएसम्म म भवन प्रयोग गर्न दिन्नँ । यो मेरो मात्रै होइन । गाउँकै समस्या हो ।’ भवन र जग्गाका विषयमा कसैले चासो नदिएपछि आफूले व्यक्तिगत प्रयोग गर्न थालेको न्यौपानेको भनाइ छ । प्लटिङको काम हुन नपाउँदै अहिलेसम्म ६–७ जनाले जग्गा बिक्री गरिसकेका छन् ।

योजनाअनुसार भएन प्लटिङ
स्वास्थ्य भवन निर्माण सकिए पनि सामूहिक प्लटिङको प्रक्रिया भने अघि बढेको छैन । स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापा भन्छन्, ‘हामीले निरन्तर प्रयास गरेका छौँ, तर विवाद भयो ।’ सरकारले बाटो अनिवार्य २० फिटको हुनुपर्ने नीति ल्याएका कारण समस्या भएको उनको दाबी छ । केहीले जग्गा किनबेच गरे पनि अहिले पनि जग्गा उपलब्ध गराउन सबै राजी भएको उनले बताए ।

मेयर मिश्र भन्छन्– नगरपालिकाले समस्या सुल्झाउँछ
चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले सरकारी भवनमा गाईगोठ राख्नु गलत भएको बताए । ‘स्थानीयबीच भएको भद्र सहमति तोडिएका कारण समस्या आएको हो, आपसी समझदारीमा मिलाउन भनेको छु, त्यसबारे हामी ठोस पहल लिन्छौँ,’ उनले भने । वडामा रहेको स्वास्थ्य केन्द्र र भवनबारे जनस्वास्थ्य कार्यालय भक्तपुर भने बेखबर छ । स्वास्थ्य सेवा विभागअन्तर्गत झौखेलमा एउटा स्वास्थ्य चौकी रहेको र सो पनि नगरपालिकालाई हस्तान्तरण गरिसकिएको निमित्त जनस्वास्थ्य प्रमुख पार्थमणि न्यौपानेले बताए । उनका अनुसार हाल भक्तपुर जिल्ला अस्पतालसहित दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र, १९ वटा स्वास्थ्य चौकी, ६ वटा सहरी स्वास्थ्य केन्द्र छन् । तीबाहेक अन्य स्वास्थ्य संस्था स्थानीय तह आफैँले सञ्चालन गरेका उनले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE