काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सैनिक दस्ता तयार गर्न थालेपछि उसमाथि प्रतिबन्ध लगाउनुपरेको गृह मन्त्रालयले जनाएको छ । विप्लव समूहले हतियार समेत संकलन गरेर सैन्य तालिम दिन थालेको रिपोर्ट सुरक्षा निकायले सरकारलाई दिएको थियो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - दुई साताअघि धरानमा प्रहरीले एलएमजी र एम–१६ हतियारसहित सो पार्टीका नेतालाई पक्राउ गरेको थियो । ती हतियार सैन्य तालिमका लागि मोरङको केराबारीमा लैजान लागेको अनुसन्धानमा खुलेको छ । अन्य जिल्लामा समेत हतियार तालिम दिन थालेको र हिंसाका घटना पनि बढाउँदै लगेपछि सरकार कडा रूपमा प्रस्तुत हुनुपरेको गृह अधिकारीको भनाइ छ ।
सो समूहसँग ठूलो संख्यामा हतियार रहेको सूचना प्रहरीले पाएको थियो । सोही आधारमा २३ फागुनमा कपिलवस्तुको शिवगडीस्थित विप्लवको गाउँमा प्रहरीले सर्च अप्रेसन गरी केही हतियार बरामद गरेको थियो । द्वन्द्वकालमा लुकाएका हतियारसमेत उनीहरूसँग रहेको सुरक्षा निष्कर्ष छ ।
विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै केन्द्रीय नेताहरूलाई पक्राउ गर्न सरकारले प्रहरीलाई आदेश दिएको छ । केन्द्रीय नेताले हतियारसहितका गार्ड लिएर हिँड्ने गरेकाले पक्राउ गर्दा विशेष सतर्कता अपनाउन भनिएको छ ।
तीन वर्षमा ७३ विस्फोट र आगजनी, ११ महिनामा चार सय पक्राउ
पछिल्लो तीन वर्षमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ७३ ठाउँमा बिष्फोट र आगजनी गरेका छन् । सबैभन्दा धेरै बिष्फोटका घटना उनीहरूले चालू आर्थिक वर्षमा गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
गत बैशाखयता उनीहरूले तीन ठाउँमा बम बिस्फोट गराउका छन् । यही महिनामा राजधानीमा दुई ठाउँमा उनीहरूले बिष्फोट गराएका थिए । ललितपुरमा एनसेलको मुख्यालयमा तथा बसुन्धरामा व्यवसायी रोहन गुरुङको घरमा बिष्फोट गराएका थिए । बिष्फोटका घटना चन्दा असुलीसँग सम्बन्धित रहेको प्रहरीको विश्लेषण छ ।
आर्थिक वर्ष २०७२/७३ मा उनीहरूले एक ठाउँमा बम बिष्फोट तथा १५ स्थानमा आगजनी र तोडफोड गरेका थिए । २०७३/७४ मा उनीहरूका अपराधिक घटना २ वटा मात्र थिए । त्यस्तै २०७४/७५ मा पाँच ठाउँमा बम बिष्फोट तथा १८ ठाउँमा आगजनी गरेका थिए । चुनावलाई लक्षित गरी उनीहरूले बिष्फोट गरेका थिए ।
यो वर्षको ११ महिनामा मात्र प्रहरीले सो समूहका चार सय ११ जनालाई पक्राउ गरी मुद्दा दायर गरेका छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार बैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा २, मंसिरमा ४, पुसमा १२, माघमा २३ तथा फागुनमा ७३ जना छन् ।
४४ हतियार बरामद
तीन वर्ष अवधिमा सो समूहबाट प्रहरीले ४४ हतियार बरामद गरेको छ, जसमा कतिपय अत्याधुनिक हतियार समेत छन् । यो वर्ष सो समूहबाट तीन वटा ठूलो हतियार बरामद गरेको छ । पाँच वटा पेस्तोल तथा ३४ वटा म्यागजिन बरामद गरेको प्रहरीले जनाएको छ । साथै चार सय २१ वटा गोली समेत बरामद गरेको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: