Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

किन श्रीमानलाई बन्ध्याकरण गर्न दिँदैनन् महिला ?

डोटी। बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमान्सँगै वडा नं २ खड्यौली पुगिन् । उनी स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुरगेकि थिइन् । उनका श्रीमान्ले आफू स्थायी बन्ध्याकरण गर्न जिद्धी गर्दै थिए तर कल्पनाका अगाडि उनको जिद्धीले काम गरेन ।
कल्पनालाई स्वास्थ्यकर्मीले पनि सम्झाउन खोजे तर उनले कसैले भनेको न मानेनन न त सुन्नु नै भयो । अन्ततः उनले श्रीमान्को बन्ध्याकरणको साटो आफ्नै मिनिल्याप गराउनुभयो । श्रीमान्को स्थायी बन्ध्याकरण गरे कमजोर हुन्छ भन्ने विश्वासका कारण यहाँका महिला आफ्ना श्रीमान्को बन्ध्याकरण गराउनुको साटो आफ्नो गर्ने गरेको जोरायल गाउँपालिका–३ का प्रकाश साउदले बताए ।

कल्पना त एकपात्र मात्र हुन यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिलाले आफ्ना श्रीमान्लाई स्थायी बन्ध्याकरण गर्न नदिने गरेको पाइएको छ । त्यस्तै जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा पनि महिलाले आफ्ना श्रीमान्लाई स्थायी बन्ध्याकरण गर्न नदिई बरु आफ्नै मिनिल्याप गर्ने गरेको जिल्ला अस्पतालका डाक्टर गिरिश अवस्थीले बताए । “हामीले सञ्चालन गरेका कतिपए भ्याक्सेटोमी क्याम्पमा श्रीमतीले नै श्रीमान्को बन्ध्याकरण गर्न नदिने र आफ्नो गरराउने गरेका छन्”, उनले भने, “किन महिलाले यसो गरेका होलान् म त अचम्मित छुँ ।”
नेपाल सरकारको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयका साथै स्थानीय स्वास्थ्य संस्थाको

समन्वयमा नेपाल परिवार नियोजन सङ्घले जिल्लाका १६ स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउने २१६ मध्ये १६७ महिला छन् । यो सङ्ख्या सेवा लिने कूल सङ्ख्याको ७७ प्रतिशत हुन आउँछ । प्रत्येक स्थानीय तहमा दुई दिन गरी १८ दिनसम्म सञ्चालन भएको उक्त शिविरमा सबैभन्दा बढी आदर्श गाउँपालिकामा ५१ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् । उक्त गाउँपालिकामा जम्मा ६० ले मात्रै उक्त सेवा लिएका थिए ।

त्यस्तै सायल गाउँपालिकामा २२ मध्ये १९ महिला, दिपायल सिलगढी नगरपालिकामा ३० मध्ये २२ महिला, केआइसिंह गाउँपालिकामा ११ मध्ये नौ महिला र शिखर नगरपालिकामा १० मध्ये छ महिलाले स्थायी बन्ध्याकरण गराएको नेपाल परिवार नियोजन सङ्घका प्रमुख चेतराज फुलाराले बताए । स्थायी बन्ध्याकरण सुविधा लिनेमा पूर्वीचौकी गाउँपालिकामा २६ मध्ये २५ महिला, जोरायल गाउँपालिकामा १७ मध्ये १२ महिला र बडीकेदार गाउँपालिकामा २५ मध्ये १७ महिला छन् ।
बोगटान गाउँपालिकामा भने पुरुषको सङ्ख्या बढी देखिएको छ । यस गाउँपालिकामा बन्ध्याकरण सेवा लिने १५ मध्ये नौ पुरुष रहेका छन् । पुरुषले बन्ध्याकरण गरे यौन क्षमतामा पनि ह्रास आउने भ्रम महिलामा परेको र यसले गर्दा उनीहरुले श्रीमान्लाई बन्ध्याकरण गर्नबाट रोक्ने गरेको आफूले बुझेको फुलाराले बताए ।

बोगटान गाउँपालिकामा भने पुरुषको सङ्ख्या बढी देखिएको छ । यस गाउँपालिकामा बन्ध्याकरण सेवा लिने १५ मध्ये नौ पुरुष रहेका छन् । पुरुषले बन्ध्याकरण गरे यौन क्षमतामा पनि ह्रास आउने भ्रम महिलामा परेको र यसले गर्दा उनीहरुले श्रीमान्लाई बन्ध्याकरण गर्नबाट रोक्ने गरेको आफूले बुझेको फुलाराले बताए ।

पुरुषले बन्ध्याकरण गर्दा शारीरिक रुपमा कमजोरी नहुने जिल्ला अस्पतालका डाक्टर अवस्थीले बताए। उनले भने, “बन्ध्याकरण गरेकालाई सामान्य ढाड दुख्ने समस्या हुनसक्ने तर अन्य कुनै समस्या हँुदैन ।” डोटीका महिला श्रीमान्माथि बढी निर्भर भएका कारण श्रीमान्लाई केही भई पो हाल्छ की भनेर बन्ध्याकरण गर्न नदिने गरेको डाक्टर अवस्थीको अनुमान छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending