Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

राजनीति सुद्धिकरणको प्रयासमा कांग्रेस

सिद्धान्त र विचारबाट प्रभावित भएर राजनीति गर्ने हो । तर नेपालको सिंगो राजनीति विचार प्रधान हुन सकिरहेको छैन् । राजनीतिक पार्टीभित्र सिद्धान्तको बहस हुन सकिरहेको छैन् । नेपाली राजनीति एक ढंगले भ्रष्टीकरण भईरहेको छ । राजनीति भ्रष्टीकरणले आक्रांत छ । सिंगो राजनीति नै भ्रष्टीकरण भइसकेपछि कुनै एक दल चोखा भन्ने हुँदैन् । यहाँ नेकपा, कांग्रेश वा अन्य दल चोखा छन् भन्न सकिने अवस्था छैन । राजनीति देश र जनताको लागि गर्ने हो तर पछिल्लो समय आफ्नो स्वार्थमा मात्रै केन्द्रित भएको छ । जसको कारण राजनीतिक दलहरु भित्र अनुशासन हिनता र उदण्डता बढेको छ ।

टिकट लिँदा अनि निर्वाचन जितेर आउँदा पनि मैंले यो त्यो नेतालाई यति बुझाएँ भनेर भन्नेहरु पनि छन् । यो विषय सञ्चार माध्यमबाटै पनि सार्वजनिक भएका छन् । प्रमाण सहित आएका विषयमा पनि कारबाही भएको छैन् । कारबाही गर्ने भनेर अख्तियारी लिएर बसेको निकाय अख्तियार दुरुपयोग आयोग मौन छ । केहि ठूला चर्चामा रहेका प्रति मात्रै ध्यान दिए जस्तो देखिन्छ । यो उदाहरण हो । अब राज्यको संयन्त्रबाट नेपालको भ्रष्टीकृत राजनीतिलाई सुद्धिकरण गर्ने अवस्था देखिएको छैन् । तैपनि हरेक पार्टी भित्रबाट आ–आफुँ भित्र सुद्धिकरणको अभियान चलाउने हो भने नेपालको राजनीतिलाई सफा बनाउन सकिन्छ ।

हामीले अहिले कांग्रेश भित्रको अनुशासनहिनता अनि छाडातन्त्रलाई ठिक ठाउँमा ल्याउने प्रयास गर्दै छौं । कांग्रेशलाई सुद्धिकरणको बाटोतर्फ लैजानको लागि कांग्रेशभित्र मौलाएको छाडातन्त्र अन्त्य हुनुपर्छ ।

राजनीतिक पार्टीमा रहने तर राजनीतिक पार्टीकै सिद्धान्तलाई नमानी पार्टी विधानभन्दा बाहिर जाने परिपाटी बढ्दो छ । जथाभावी लेख्ने, बोल्ने र आरोप–प्रत्यारोप गर्ने कुरा संस्कार जस्तै छ । हामीले कांग्रेस पार्टी भित्र यही संस्कारलाई सहि बाटोमा ल्याउन खोज्दै छौं । भर्खरै कांग्रेश पार्टीभित्र गठित अनुशासन समितिले जथाभावी लेख्ने, बोल्ने र आरोप–प्रत्यारोप गर्ने नेता तथा कार्यकर्ताहरुलाई कारबाही गर्ने भनेको छ । यो कुनै वाक स्वतन्त्रताको विरुद्ध होइन् । अनुशासन हिनता र उदण्ड व्यवहारलाई सही बाटोमा ल्याउन खोजिएको हो ।

सुद्धिकरण गर्न बनेको समितिले जो सुकै किन नहोस विधानको दायराभन्दा बाहिर काम गर्ने सबैलाई कारबाही गर्नु आवश्यक छ । कसैलाई छुट दिने तथा उन्मुक्ती दिएर राजनीति हुँदैन् । सानो माछा समात्ने, ठूलो माछालाई उन्मुक्ती दिने भन्ने चलन स्थापित हुँदैछ । कसैको अनुहार वा कसैको पदलाई हेरेर उन्मुक्ती दिने र कारबाही गर्ने गर्दा राजनीति एकदमै कुरुप हुन पुग्दछ । अनुशासन समिति द्धढताका साथ पार्टी सुद्धिकरण गर्न तर्फ लाग्दैछ ।

जनतामा राजनीति प्रति बढ्दो निराशालाई बदल्नु पर्दछ । पछिल्लो समयमा राजनीति प्रति ठूलो निराशा छ । यदि नेपालको राजनीतिलाई सुद्धिकरण नगर्ने हो भने जनतामा विकास हुँदै गएको निराशाको बाँध फुट्न सक्छ । यो फुट्यो भने राजनीतिक व्यवस्था माथि नै प्रहार हुने हो । राजनीतिक व्यवस्थामा प्रहार हुँदा राष्ट्रियतामै प्रहार हुन सक्दछ । त्यसले राजनीतिक पार्टीहरु सुद्धिकरण अभियान द्धढताका साथ अगाडि बढाउनको विकल्प छैन् ।

(यो लेख नेपाली कांग्रेसका नेता धनराज गुरुङसँगको संवादका आधारमा तयार गरिएको हो–सम्पादक)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy