संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको असफल सामाजिक सञ्जाल गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द गरिएको छ।
सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन खोलिएको यो सर्च इञ्जिन गुगलको सामाजिक सञ्जालमा हात हाल्ने चौथो प्रयास थियो।
तर गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएनन्।
सन् २०११ को अन्त्यतिरै यसका आलोचकहरूले यसको \'मृत्यु\'को घोषणा गरिसकेका थिए, तर गुगलले सन् २०१८ मा यसका तथ्याङ्क चोरी भएको सार्वजनिक भएपछि मात्रै यसलाई बन्द गर्ने निर्णय गरेको थियो।
के हो गुगल प्लस?
सन् २०११ मा आमन्त्रणबाट मात्रै खाता खोल्न सकिने गरि गुगल प्लस शुरू भएको थियो। वर्षको अन्त्यमा यो सबैका लागि खुला गरिएको थियो।
सामाजिक सञ्जालमा जस्तो लेख्न र तस्बिरहरू सेअर गर्न मिल्ने सुविधा यसमा थियो। तर गुगलले यसलाई \'सामाजिक तह\'को रूपमा परिभाषित गरेको थियो, जुन यसका अन्य सबै उत्पादनहरूसँग जोडिएको थियो।
साथीहरूलाई \'सर्कल\'को आधारमा समूह विभाजन गर्न मिल्ने र \'ह्याङ्गआउट\' भनिने समूहगत भिडिओ कल गर्न मिल्ने यसका मुख्य सुविधाहरू थिए।
सार्वजनिक गरिएको केही हप्तामै यसमा लाखौं प्रयोगकर्ताहरू जोडिएका थिए। तर तीमध्ये एकदमै कम प्रयोगकर्ताले मात्रै यसलाई प्रयोग गर्नु नै यसको समस्या बन्यो। \"मैले खोल्थेँ र खालि पाना मात्रै देख्थेँ,\" पाउल टस्सीले फोर्ब्समा एक हप्तापछि नै लेखेका थिए। \"यो ठूलो र खाली उजाड स्थान थियो, जहाँ धेरै मानिसहरूले पाइला टेके तर के रहेछ भनेर बुझ्ने प्रयास गरेनन्।\"
\"गुगल प्लस पहिलो दिनदेखि नै असफल हुने खालको थियो,,\" सामाजिक सञ्जाल सल्लाहकार म्याट नाभारा भन्छन्। \"यसको अनुहार, फेसबुक चर्चित भइसकेको अवस्थामा यसको आगमन, बुझ्न गार्हो अनुभव र गुगलभित्रै यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेको असहमतिले यसलाई असर गर्यो।\"
गुगल प्लसमा उपनाम प्रयोग गर्न नपाइने कडा नीति थियो र कसैले आफ्नो नाम प्रयोग नगरेमा जीमेल समेत निलम्बन हुने व्यवस्था थियो।
गुगलले यसलाई सफल बनाउन सन् २०१३ मा यसलाई युट्युबसँग जोड्यो र युट्युबको भिडिओमा प्रतिक्रिया लेख्न गुगल प्लस खाता अनिवार्य बनायो।
गुगल प्लेस्टोरमा मोबाइल एपहरूमा प्रतिक्रिया व्यक्त गर्न पनि गुगल प्लस खाता अनिवार्य थियो। यसपछि युट्युबमा गरिएका लाइकहरू गुगल प्लसमा देखिन थालेपछि यसमा क्रियाकलापहरू देखिन थाले। र गुगलले यसको प्रयोगकर्ता पचास करोड पुगेको दाबी गर्यो।
एप्रिल २०१४ मा गुगल प्लसका संस्थापक भिक गुन्ठोत्राले गुगल छोडे। त्यसपछि गुगल प्लसका सफल सुविधाहरू ह्याङ्गआउट र फोटोज छुट्टै प्रयोग गर्न मिल्नेगरी बनाइयो।
प्लेस्टोर र युट्युबबाट पनि यसलाई बिस्तारै छुट्टाइयो र त्यसपछि सन् २०१८ मा ठूलो मात्रामा यसका तथ्याङ्क चोरिएको पुष्टि भएपछि यसको अन्त्य हुने निश्चित भयो।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: