Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

एयरपोर्ट डिपोबाट दिउँसै २ हजार लिटर इन्धन चोरी

काठमाडौँ  । सिनामंगलस्थित हवाईइन्धन डिपोबाट मंगलबार दिउँसो २ बजे चोरी हुन लागेको दुई हजार लिटर हवाईइन्धनसहित कन्टेनर नियन्त्रणमा लिइएको छ । स्रोतका अनुसार श्री एयरलाइन्सले हेलिकोप्टरका लागि ६ हजार लिटर हवाईइन्धन खरिदको स्वीकृति निगमबाट लिएको थियो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - तर, डिपोबाट आठ हजार लिटर हवाईइन्धन लोड भएको थाहा पाएपछि कन्टेनर सुरक्षा गार्डले कन्टेनर नियन्त्रणमा लिएका थिए । ६ हजार लिटर इन्धन बोक्न २ सय लिटर क्षमताका ३० ड्रम कन्टेनरमा हालेर डिपोभित्र कन्टेनरले गेट पास लिएको छ । तर, सोही कन्टेनर बाहिरिँदा ४० ड्रम इन्धन रहेको फेला परेपछि छानबिनका लागि नियन्त्रणमा लिइएको थियो । थप गरिएका १० ड्रममा स्वीकृति लिएभन्दा २ हजार लिटर बढी इन्धन लोड गरिएको थियो ।

मंगलबारको घटनाको वास्तविकता पत्ता लगाउन आयल निगमले छानबिन समिति बनाएको आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले बताए । ‘मंगलबार दिउँसो घटना भएको पाएपछि सत्यतथ्य बुझ्न छानबिन टोली बनाएको छु,’ उनले भने, ‘घटनामा दोषी भेटिए कसैलाई पनि छाडिन्न । मैले सुरुबाटै चुहावट नियन्त्रण गर्नुपर्छ भनेर कर्मचारीलाई निर्देशन दिइरहेको छु ।’ निगमले एभिएसन तथा ग्यास विभाग प्रमुख दीपक बरालको संयोजकत्वमा मेकानिकल इन्जिनियर अशोक साह र लेखाअधिकृत श्यामकृष्ण महर्जन रहेको तीन सदस्यीय छानबिन टोली बनाएको छ ।

यसरी भयो घटना
हेलिकोप्टर सेवाप्रदायक कम्पनीलाई ड्रममा तेल दिने प्रचलन पुरानै हो । वितरण तथा एभिएसन विभागले हेलिकोप्टर कम्पनीलाई डिपोबाट तेल लैजाने सैद्धान्तिक स्वीकृति दिने गर्छ ।

मंगलबार पनि केन्द्रीय कार्यालयले सिनामंगलस्थित हवाईइन्धन डिपो प्रमुख मनोज ठाकुरलाई ६ हजार लिटर तेल दिन पत्राचार गरेको थियो । ठाकुरले केन्द्रको पत्रअनुसार तेल दिन डिपोमा कार्यरत सातौँ तहका विदुर कोइरालालाई निर्देशन दिए । कोइरालाले सधैँझैँ ब्राउजर अपरेटर गोपाल नकर्मीलाई ड्रममा तेल हाल्न भनेका थिए । नकर्मीले नै तेल हाल्दा बदख्याइँ गरेको उनीहरूको आरोप छ । नकर्मी १५ वर्षदेखि सोही डिपोमा कार्यरत छन् । सामान्यतया ५ वर्षमा सरुवा हुनुपर्ने मापदण्ड भए पनि उनको कार्यशैलीबारे केन्द्रीय कार्यालयमा बारम्बार उजुरी आइरहेका छन् । मंगलबारको चोरी घटना सत्य साबित भए केन्द्रीय कार्यालयदेखि ब्राउजर अपरेटरसम्मको मिलोमतो पुष्टि हुने स्रोतको भनाइ छ ।

आयल निगममा यस्तो रिपोर्ट
स्वीकृत परिमाणभन्दा बढी हवाईइन्धन कन्टेनरमा हालेको भेटिए पनि निगमको केन्द्रीय कार्यालयका कर्मचारी चोरीको आशंका गर्न तयार छैनन् । निगमका एक उच्च अधिकारीले हवाई कम्पनीले नै गेटभित्र प्रवेश गर्दा भरिएका १० ड्रम र खाली ३० ड्रम भित्र लिएर गएको जिकिर गरे । ‘गेटभित्र छिर्नुअघि नै कन्टेनरमा ४० ड्रम थिए । ३० खाली र १० भरिएका थिए,’ ती अधिकरीको दाबी छ, ‘हवाई कम्पनीले पहिले नै लगेको इन्धन खपत नभई बचेको अवस्थामा कन्टेनरमै राखेर थप तेल लिन गएको थियो । त्यसैले स्वीकृति लिएको भन्दा बढी इन्धन निगमको डिपोले दिएको होइन । चोरी–सोरी भएको पनि होइन ।’

कन्टेनर डिपोमा पस्दा नै गेटपासमा ३० वटा ड्रम लेखेको ठाउँ कट्टा गरेर ४० लेखेर छिर्न दिएको ती अधिकारीको भनाइ छ । ‘कन्टेनर बाहिरिने वेला फेरि सुरक्षा गार्डले चेकजाँच गरे । सोहीक्रममा ६ हजार लिटर इन्धन बोक्न ३० ड्रम चाहिने भए पनि ४० ड्रम देखेपछि उनले डिपो प्रमुखलाई जानकारी गराए ।’ सुरक्षा गार्डले डिपो प्रमुखलाई खबर गर्नासाथ निगमको केन्द्रीय कार्यालयमा चोरीको घटना फैलियो । त्यसपछि कन्टेनर नियन्त्रणमा लिएर छानबिन अघि बढाइएको हो ।

प्रविधि नहुँदा ड्रममा इन्धन ढुवानी
आयल निगमले एयरपोर्टमा रिफ्युलरमार्फत विमान कम्पनीलाई इन्धन दिन्छ । तर, हेलिकोप्टरमा इन्धन हाल्ने प्रविधि निगमसँग छैन । त्यसैले हेलिकोप्टर सेवाप्रदायक कम्पनीले २ सय लिटर क्षमताका ड्रममा तेल लैजान्छन् र पायक पर्ने ठाउँमा पुगेर ड्रमबाट लिफ्टिङ गरेर हेलिकोप्टरमा इन्धन हाल्छन् । ‘धेरै कम्पनीले मोटर चलाएर पाइपका माध्यमबाट ड्रममा रहेको तेल हेलिकोप्टरमा हाल्छन् । कतिपय अवस्थामा प्लास्टिकको पाइप ड्रममा हाल्ने र मुखले तेल तानेर हेलिकप्टरको ट्यांकीमा खसाल्नेसमेत गरेको देखिन्छ,’ निगमका एक कर्मचारीले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE