Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

एकै गाउँमा पाँच क्रसर: स्थानीयवासी आन्दोलित

उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका–१ मा मापदण्डविपरीत सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका क्रसर हटाउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासीले सडक किनारमै त्रिपाल टाँगेर रिले अनशनसमेत गरिरहेका छन् ।

स्थानीयवासीको आन्दोलनपछि भने सो क्षेत्रमा टिपर सञ्चालनमा अवरोध पुगेको छ । मानवबस्तीसँगै धमाधम क्रसर उद्योग सञ्चालन हुन थालेपछि स्थानीयवासी आजित भएर आन्दोलनमा उत्रिएका हुन् । सो वडाको झारसादी, तीनखोप्रे, चारघरे, खयरबारी बस्ती क्षेत्रमा पूर्वेली र पञ्चेश्वर क्रसर उद्योग सञ्चालनमा रहेका छन् भने महापाथीभरा क्रसर, सिद्धार्थ क्रसर र देवीस्थान मिनिरल्स क्रसर उद्योग सञ्चालनका लागि तयारीमा छन् ।

क्रसर सञ्चालन गर्न राजमार्गबाट ५०० मिटर, खोला किनारबाट ५०० मिटर, हाइटेन्सन लाइनबाट १०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट २ किलोमिटर दूरीमा उद्योग रहनुपर्ने सरकारले मापदण्ड तोकिएको छ । तर, यी मापदण्ड यहाँका क्रसर उद्योगले पूरा गरेका छैनन् । खोला र मानवबस्तीभन्दा दुई किलोमिटर नजिक क्रसर सञ्चालन गर्न नपाइने प्रावधान रहे पनि पूर्वेली क्रसर उद्योग बक्राहा खोलाकै धारमा सञ्चालन गरिएको छ भने पञ्चेश्वर क्रसर उद्योग मानव बस्तीकै बीचमा छ ।

पूर्वेली क्रसर उद्योग सञ्चालन भएको नजिक शारदा माध्यमिक विद्यालय छ । स्थानीयवासीले दुई क्रसर सार्न माग गरिरहँदा उल्टै अरु तीन क्रसर उद्योग त्यही ठाउँमा निर्माणाधीन छन् । क्रसरका कारण आजित बनेका स्थानीयवासीले वडा कार्यालय, नगरपालिका हुँदै घरेलु तथा साना उद्योग कार्यालयमा पनि उजुरी दिएका छन् । उजुरीको सुनुवाइ नभएपछि स्थानीयवासीले उच्च अदालत विराटनगरमा गत माघ १ गते रिट दायर गरेका थिए । सो रिटको समेत अहिलेसम्म कुनै सुनवाइ नभएपछि स्थानीयवासी रिले अनशन शुरु गर्दै आन्दोलित बनेका हुन् ।

क्रसरका कारण मानवबस्तीसँगै शारदा मावि र नुनसरी आधारभूत विद्यालयमा अध्यापन गराउन असहज भएको छ । विद्यालयको पठनपाठनमा धेरै ठूलो असर गरिरहेको शारदा माविका प्राध्यानाध्यापक सूर्य दाहालले बताए । क्रसरका कारण उड्ने धुलो, त्यहाँबाट निस्किने आवाज र ढुवानीका लागि कुद्ने टिपरले अध्यापनमा असहज भएको प्रधनाध्यापक दाहालले बताए ।

क्रसरले यस क्षेत्रमा करीब एक हजार घरपरिवारलाई प्रत्यक्षरूपमा असर परिरहेको वडाध्यक्ष मच्छिन्द्र कार्कीले बताए । गाउँ नजिकै उद्योग राखिँदा त्यसको आवाजले दैनिक प्रभावित हुनुपरेको स्थानीयवासी प्रेम भण्डारीको गुनासो छ । राति अबेरसम्म उद्योग सञ्चालन हुँदा बालबालिकाको पठनपाठनमा असर परेको स्थानीयवासी तुलसा थापा बताउछन् ।

सङ्घर्ष समितिका संयोजक सम्मरबहादुर राईले क्रसर उद्योग स्थापनाले धुलो, उच्च ध्वनि तथा वातावरणीय प्रदुषण बढाएको गुनासो गरे । क्रसर उद्योगका कारण बर्खाको समयमा बस्ती नै डुबानमा पर्ने जोखिम रहेको राईले बताए ।

यसैबीच स्थानीयवासीले आन्दोलन शुरु गरेपछि मोरङ क्षेत्र नं १ का सङ्घीय सांसद घनश्याम खतिवडा, प्रदेश सांसद कुलप्रसाद साम्बा, नगर प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारीलगायतले स्थलगत अवलोकन गर्दै मानव बस्तीकै बीचमा क्रसर उद्योग स्थापना गरिनु मापदण्डविपरीत रहेको जानकारी दिँदै यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए ।

आज बिहान सो क्षेत्रको स्थलगत अवलोकन गर्दै सङ्घीय सांसद खतिवडाले एउटै गाउँमा पाँच क्रसर उद्योग सञ्चालनको अवस्था आउनु गम्भीर रहेको भन्दै यस विषयलाई आगामी संसद् बैठकमा राख्ने प्रतिबद्धता जनाए । उनले सम्बन्धित निकायबाट यस विषयलाई समाधान गरिएन भने आफू पनि स्थानीयवासीसँगै धर्नामा बस्न तयार रहेको बताए । नगर प्रमुख फागोले क्रसर स्थापनाका लागि नगरपालिकाले सिफारिश नदिएको उल्लेख गर्दै यस विषयमा स्थानीय तहलाई कुनै अधिकार नरहेकाले काम कारवाही अघि बढाउन नसकिएको जानकारी दिए ।

स्थानीय जग्गाधनीलाई समेत विनाजानकारी क्रसर उद्योग खोलिएको भन्दै स्थानीयवासीले झापामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ज्ञापनपत्र बुझाएका थिए । स्थानीयवासीले समस्या भएका कारण क्रसर उद्योग हटाउन माग गर्दा सञ्चालकले विभिन्न तवरबाट धम्की दिने गरेको गुनासो गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy