Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

माइतीघर झडप प्रकरण: एमाले नेता बस्नेतकी पत्नीसहित १० जनामाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता हुँदै

खबरडबली संवाददाता

काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता हुने तयारी भएको छ।

घटनापछि पक्राउ परेकी अम्बिका गत ७ दिनदेखि प्रहरी हिरासतमा रहेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सबै आरोपितमाथि अनुसन्धान अन्तिम चरणमा पुगेको छ र फाइल सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भइरहेको छ।

यो प्रकरणको जरो भने लामो समयदेखिको विवादसँग जोडिएको छ । आफूलाई बलात्कार गरेको आरोप लगाउँदै आएकी शोभा पाठकले यसअघि सडक र अदालत दुवै मोर्चाबाट संघर्ष गर्दै आएकी थिइन्। त्यही पृष्ठभूमिमा माइतीघरमा भएको आमनेसामनेले हिंसात्मक रूप लिएको हो।

शोभा पाठकको अम्बिका बस्नेतले समूहसहित आएर ज्यानै लिने गरी आक्रमण गरेकाे आरोप छ । तर, महेश बस्नेत पक्षको दाबी उल्टो छ । उनीहरूकै समूहमाथि पहिले आक्रमण भएको थियो।

घटनापछि शोभालाई अस्पताल पठाइएको थियो भने अम्बिकालाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ। प्रहरीले सुरुमा छोटो म्यादमा अनुसन्धान थाले पनि पटक–पटक म्याद थप्दै अहिले ७ दिनसम्म हिरासतमा राखिएको हो। अझै अनुसन्धान अपूरो रहेको भन्दै थप म्याद मागिने संकेत प्रहरीले दिएको छ।

कानुनी रूपमा ‘ज्यान मार्ने उद्योग’ गम्भीर अभियोग हो । ज्यान लिन खोजिएको तर मृत्यु नभएको अवस्थामा लाग्ने यो कसुर प्रमाणित भए १० वर्षसम्म कैद सजाय हुन सक्छ।

घटनाले सामाजिक सञ्जालमा पनि तरंग ल्याएको छ। मुद्दा दर्ताको तयारीसँगै शोभा पाठकले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै भिडियोमार्फत ‘न्याय पाएको’ संकेत गरेकी छन्।

अब प्रश्न अदालततर्फ सरेको छ । यो झडप सामान्य विवाद थियो कि साँच्चै ज्यान लिन खोजिएको प्रयास?  आगामी थुनछेक बहसले मात्रै यसको उत्तर दिनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङमा जमिनमा झरेको विद्युत तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

खोटाङ । चुँडिएर जमिनमा झरेको विद्युतको तारबाट करेन्ट लाग्दा खोटाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्द राई रहेका छन् । ४३ वर्षीय राईको मल...

हावाहुरीले केराखेतीमा दुई लाख ८५ हजार क्षति

दाङ । दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हा...

म्याग्दीमा छ थान भरुवा बन्दुक बरामद

म्याग्दी  । म्याग्दीका विभिन्न क्षेत्रमा सञ्चालन गरिएको ‘ब्राभो सेरा अपरेसन’ अन्तर्गत प्रहरीले छ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार...

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ । आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर प...

गोरखामा पनि ‘डोजर अभियान’को सुरुवात, सार्वजनिक जग्गामाथि बनेका संरचनामा स्थानीय तहको कडा कदम

गोरखा । देशभर सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान चलिरहेका बेला गोरखाका स्थानीय तहहरू पनि सक्रिय भएका छन् । पालुङटार नगरपालिका र शहीद लखन गा...

गुराँस गाउँपालिकामा ‘गिलास काण्ड’ : अध्यक्ष र हाकिमबीचको झगडा छताछुल्ल

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा अध्यक्ष र हाकिमबीचको विवाद अब खुला ‘गिलास काण्ड’मा पुगेको छ । गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी ले प्रमुख प्रशासकी...

उठिबासको पीडामा मौन राजनीति, हर्क सम्पाङको एक्लो प्रतिरोध

काठमाडौँ । देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि सरकारी डोजर चलिरहेका छन् । वर्षौँदेखि बसोबास गर्दै आएका हजारौँ परिवार उठिबासको त्रासमा छन् । झाप...

सरकारी डोजरविरुद्ध सुकुम्बासी एकजुट, श्रम संस्कृति पार्टी सडकमा

काठमाडौँ । सुकुम्बासी बस्तीमा सरकारी डोजर चलाउने अभियान तीव्र बन्दै जाँदा विभिन्न स्थानका भूमिहीन र सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। वैकल्पिक ...

उपराष्ट्रपति नै राष्ट्रिय सभाअध्यक्ष, समानुपातिक र जिसस खारेज गर्नु पर्छः गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क र...

इलामकाे रोङ गाउँपालिकामा एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending