Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

अध्यादेशमार्फत नियुक्ति खारेजी : पदमुक्तको पत्र पठाइने

खबरडबली संवाददाता

काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले ल्याएको नयाँ अध्यादेशको व्यवस्था बमोजिम ती नियुक्तिहरू खारेज भएका हुन् ।

विज्ञ दाहालले दिनुभएको जानकारी अनुसार कतिपय निकायका पदाधिकारीको हकमा भने केही प्राविधिक कारण वा पद रिक्तताका कारण हालको सूचीमा नाम समावेश नभएको स्पष्ट पारिएको छ । यस निर्णयलाई कार्यान्वयन गर्न सरकारले चाँडै राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । राजपत्रमा प्रकाशन भएलगत्तै सम्बन्धित व्यक्तिलाई पदमुक्त भएको औपचारिक पत्र पठाइनेछ ।

नियुक्ति खारेजीका कारण ती निकायको दैनिक कार्यसम्पादनमा अवरोध नआओस् भन्नका लागि सरकारले वैकल्पिक व्यवस्था गरेको छ । नयाँ नियुक्ति नभएसम्मका लागि सम्बन्धित मन्त्रालयका सहसचिव वा सोही संस्थाका वरिष्ठतम कर्मचारीलाई निमित्त वा कायममुकायम (कामु) प्रमुखको जिम्मेवारी दिइने विज्ञ दाहालले बताउनुभयो ।

अब खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति

सरकारले अबका दिनमा राजनीतिक भागबन्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने रणनीति अख्तियार गरेको छ । सम्बन्धित ऐनको व्यवस्था अनुसार नै रिक्त रहेका पदहरूमा खुल्ला प्रतिस्पर्धा र योग्यताका आधारमा नयाँ पदाधिकारी नियुक्त गर्ने गरी कार्ययोजना बनिरहेको जानकारी मन्त्रालयले दिएको छ ।

सरकारको यो कदमलाई सार्वजनिक प्रशासनमा सुशासन र व्यावसायिकता प्रवर्द्धन गर्ने सरकारको प्रयासका रूपमा लिइएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...

२५ लाखभन्दा साना योजना अब बन्द हुने, उपभोक्ता समितिमार्फत काम पनि रोकिने

दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...

नेपाल पुलिस च्याम्पियन, आर्मीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पोखरा महिला गोल्डकप कब्जा

पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...

भोली ती नकुनेमा मोबाइलमाण्डुको पहिलो फिजिकल स्टोर उद्घाटन, १ हप्तासम्म ‘छुट र उपहारको बाढी’

काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...

चलचित्र ‘कुम्भ’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...

सम्पत्ति शुद्धीकरण विभाग अब ‘सुपर पावर’ अनुसन्धान निकाय

करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार

अध्यादेशमार्फत नियुक्ति खारेजी : पदमुक्तको पत्र पठाइने

काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...

बालेनका पूर्व सहयोगी पुगेपछि ‘चाम्लिङ कम्प्लेक्स’ भत्काउने काम रोकियो? डोजर अचानक थामिँदा उठ्यो शंका

काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...

माइतीघर झडप प्रकरण: एमाले नेता बस्नेतकी पत्नीसहित १० जनामाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता हुँदै

काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...

‘बोलपत्र’मै खेल: वेबसाइट ह्याक गरेर ठेक्का कब्जा, ४० लाखमा मिलेमतो!

काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending