चिप्लेढुङ्गा । गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अबका पाँच वर्षमा सबै सुकुम्वासीले लालपूर्जा भएको जग्गा पाउने बताएका छन् । राष्ट्रिय भूमी अधिकार मञ्च कास्कीको आयोजनामा पोखरामा गरिएको नयाँ वर्षको पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भूमीहीन जनताले पाँच वर्षभित्र सबैले लालपूर्जा पाउने गरी सरकारले कार्य गरिरहेको बताए ।
राष्ट्रिय भूमी अधिकार मञ्चका केन्द्रीय संरक्षक ल्यामबहादुर दर्जीले पोखराको बसपार्क क्षेत्रमा सुन्दर बसपार्क बनाउने प्रचार गर्दै वर्षौदेखि बसोबास गर्दै आएका ६०० सुकुम्वासी व्यवस्थापन गर्न प्रदेश सरकारले पहल गर्नुपर्ने बताए ।
नेपाल बार एशोसियशनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले भूमी अधिकारसम्बन्धी कानूनले कुनै पनि नागरिकलाई बसेको स्थानबाट अन्यत्र सार्न नमिल्ने र सार्नुपर्ने भएमा सरकारले व्यवस्थापन गरेर उनीहरुको सहमतिमा मात्रै हटाउन सक्ने बताए ।
राष्ट्रिय नेपाल भूमीहीन सुकुम्वासी सङ्गठनका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले भूमाफियाहरुको चलखेलले सुकुम्वासी समस्याको समाधान गर्न सरकार असफल भएको बताए । उनले वसपार्कबाट सुकुम्वासी हटाउने उद्देश्य मात्रै भएको तर व्यवस्थित गर्ने कुनै योजना नै नभएको भन्दै योजनासहित आउन आग्रह गरे ।
अखिल नेपाल सुकुम्वासी सङ्गठनका अध्यक्ष हर्कबहादुर विक, वडास्तरीय महिला समन्वय समिति पोखरा–९ का संयोजक दिलमाया गुरुङले सुकुम्वासीका माग जुनसुकै सरकार आए पनि वेवास्ता गरिएको टिप्पणी गरे। मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले सरोकारवाला निकायले विशेष पहल गरेर भूमीहीनका अधिकार संरक्षण गर्न आग्रह गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: