Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

धरपकड भएपछि राप्रपाको आन्दोलन फेरियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नो शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेपछि आन्दोलनका कार्यक्रम फेरेको छ । काठमाडौंस्थित पध्मकन्या रोडमा भएको कार्यक्रममा प्रहरीले धरपकड गर्दा अध्यक्ष कमल थापासहितका नेताकार्यकर्ताहरु घाइते भएका थिए।

राप्रपा नेपालको बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम फेरेको हो । बैठकले संघीयताबारे राष्ट्रिय जनमत संग्रह, भ्रष्टाचार अन्त्य, बेरोजगारी समस्याको समाधान, मूल्यबृद्धि नियन्त्रण लगायतका २२ बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले सञ्चालन गरिरहेको पहिलो चरणको जनसंघर्ष कार्यक्रमको समिक्षा गर्दै आगामी कार्यक्रमहरुमा थप र संशोधन गर्ने निर्णय गरेको छ।

नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुर्नस्थापना तथा राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्ने मागहरुलाई स्थापित गराउन लागिपर्ने राप्रपाको निर्णय छ । संशोधित कार्यक्रमअन्तर्गत चैत २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टा धर्ना र प्रदर्शन गर्ने, बैसाख ४ र ५ गते पार्टीद्धारा नेपाल सरकारसमक्ष प्रस्तुत २२ बुँदे मागका सम्बन्धमा घरदैलो गर्ने, बैसाख ६ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्ष अंकित ब्यानररप्लेकार्ड जलाउने र प्रदर्शन गर्नेलगायतका छन्।

पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार बैसाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा २ घण्टे सत्याग्रहसमेत गर्नेछ। सत्याग्रह मध्यान्ह १२ देखि २ बजेसम्म चल्नेछ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies